हामीले हाम्रो जिबनलाई राम्रोसँग हेर्ने हो भने त्यो एकै किसिमको भईरहेको हुन सक्छ । सधै एकै किसिमको गित सुनिरहेका हुन सक्छौ , एउटै काम , खान एउटै सबै कुरा एउटै गरिरहेका हुन सक्छौ । हामी त्यसलाई देखि रहेका पनि नहुन सक्छौ । यसरी एउटै चक्करमा फनफनी घुमी रहेका हुन सक्छौ । त्यहाँ प्रगतीको सम्भावना नै हुदैन । विकासको सम्भावना नै हुदैन । त्यो त एउटा अन्त्य नै नहुने चक्र जस्तो हुन जान्छ ।
अब यो चक्र कसरी पार गर्न सकिन्छ भन्ने कुरा गरौ ।
आफ्नो बानीहरुको अध्ययन गर्नु पर्छ । कस्ता बानी राख्ने र कस्ता बानी फाल्ने भन्ने बिषयलाई मनन गरेर स्पष्ट हुनु पर्दो रहेछ । अनि मुख्य कुरा चाहिँ थप मेहेनत चाहिने रहेछ । भन्नाले , यदि म कुनै अफिसमा काम गर्छु तर मलाई चित्रकार बन्न मन छ भने , अफिसको थकान भए पनि मेरो अफिस पछि थप मेहेनत गर्ने बानी छ भने मैले अग्रगामी छलाङ लिन सक्छु । नत्र अफिस जाने आउने सुत्ने उठ्ने र फेरि अफिस जाने नै चक्र चल्छ । यसको मतलब थप मेहेनतले नै अग्रगामी छलाङ दिन्छ । यो प्राय जुन कुरामा पनि लागू हुन्छ । हिजो भन्दा आज थप मेहेनत गर्दै जानू पर्ने रहेछ । यसरी मेहेनत गर्दै जादा आफ्नो थप विकास हुँदै जादो रहेछ ।
