संगतको सुगन्ध

तिम्रो संगतले

एकान्त पनि मिठो भएको छ,

तिम्रो आत्मीय उपस्थितिमा

मनभरि सुगन्ध फैलिएको छ।

हो,

साथमै हुनुपर्छ भन्ने कहाँ छ र ?

यो आत्मीयतामा दिव्यताको ज्योति छ,

यो सम्बन्धमा गहिराईको अलौकिकता छ,

यो अनुभूतिमा मौनको माधुर्यता छ,

यो अपुर्व संगतपछि,

मन एक्लैमा पनि रमाइरहन्छ,

किनकि, एकान्तमा पनि

संगतका तरङ्गहरू बगिरहन्छ!

न भेटको हतार, न संवादको आग्रह,

न उपस्थितिको कुनै प्रमाण,

बस, मनको शान्त कुनामा

तिम्रो आत्मीयता फक्रिरहन्छ।

अचम्म लाग्छ !

नजिक नहुँदा पनि महसुस हुन्छ,

आवाज नसुन्दा पनि

मिठो संवाद चलिरहन्छ।

सायद यही नै आत्मीय संगतको जादु हो

जहाँ प्रत्येक पल आत्मीयता चम्कि रहन्छ!!!

Unknown's avatar

Author: Rama Dulal

Trust in Yourself. Never lose yourself. Truth is one. Always think Positive then Life is wonderful, Pretty & joyful!! Now I am searching myself, looking at myself & listening to myself!!

Leave a Reply