प्रेम त जीवनको पहिलो सिर्जना हो!

तिमी प्रेम भन्छौ,

म प्रेम गर्छु,

तर पनि समाज प्रेमलाई घृणा गर्छ!

किन त..?

प्रेम त ईश्वरको वरदान हो,

प्रेम त स्व-बोधको अनुभूति हो,

प्रेम त आफैंलाई चिन्ने प्रक्रिया हो,

प्रेम त जीवनको पहिलो सिर्जना हो,

यसैले त तिमी प्रेम भन्छौ

म प्रेम गर्छु

तर पनि समाज  प्रेमलाई घृणा गर्छ।

किन त..?

स्वार्थभित्र लुकेको हुँदैन- प्रेम

घृणाभित्र दबेको हुँदैन- प्रेम

तेरो र मेरोको अहंकारमा हुर्केको हुँदैन- प्रेम

निश्चलताको हाँसोमा बग्छ- प्रेम

बालकको किलकारिमा झल्कन्छ- प्रेम

यसैले त तिमी प्रेम भन्छौ

म प्रेम गर्छु

तर पनि समाज प्रेमलाई घृणा गर्छ,

किन त..?

सायद तिम्रो र  मेरो  प्रेमको परिभाषा एकै हुन सक्छ,

तर, समाजको  प्रेमको परिभाषा फरक हुनु पर्छ,

भ्रम दृष्टिले   प्रेमलाई नियाल्दा

प्रेमको परिभाषा घृणा बनिदिन्छ

तै पनि तिमी प्रेम गर्छौ

म प्रेम गर्छु

तर पनि

समाज प्रेमलाई घृणा गर्छ।

किन त…?

Unknown's avatar

Author: Rama Dulal

Trust in Yourself. Never lose yourself. Truth is one. Always think Positive then Life is wonderful, Pretty & joyful!! Now I am searching myself, looking at myself & listening to myself!!

Leave a Reply