आज म आइरिस कवि ओस्कर वाइल्ड को भनाई पढ्दै थिए। भनाई यस्तो थियो “ कलाकारले समीक्षक लाई सिक्क्षित गर्ने हो र समीक्षकले जनता लाई “।
सामान्यतया हामीलाई लाग्छ देश विकास गर्न मुख्य भूमिका राजनीतिज्ञको हुन्छ, तर खासमा सर्जकहरूको हुन्छ। सर्जक हरूले जुन स्तर वा प्रकृतिको गीत-संगीत, सिनेमा वा कुनै पनि किसिमको कला र साहित्यको सिर्जना गर्छन्, त्यही अनुरूप नै जनताको चेतनाको विकास हुँदै जान्छ। कुनै पनि महान सभ्यताको इतिहास हेर्नुहोस्, ती सभ्यतालाई महान बनाउन त्यहाँका सर्जकहरूको मुख्य भूमिका हुन्छ। विभिन्न किसिमका सिर्जनाले जनमानसको मन, भावना र चेतनालाई आकार दिन मद्दत गर्छ। जस्तो सिर्जनाको छाप मानिसहरूमा पर्दै जान्छ, समाज पनि त्यही अनुरूप परिवर्तन हुँदै जान्छ। त्यसकारण सर्जकहरू राष्ट्रिय गहना हुन् र राजनीतिक व्यवस्थाले उनीहरूलाई सहयोग र प्रोत्साहन दिइरहनु पर्छ।
नेपाली जनसमुदाय माझ नकारात्मकता बढ़दै गएको देख्न सकिन्छ। हुनत यो समस्या संसार भरी नै छ, तर बिशेष गरी नेपालमा यो समस्या आजभोली ब्यापक छ। राजनैतिक ब्यवस्था र प्रशासनिक तंत्र लाई यसको मूल कारक मान्न सकिन्छ। युवाहरु बिदेश पलायन हुने क्रम पनी तिब्र छ।सामाजिक संजाल का कमेंट सेक्शनहरुमा युवा देखी ब्रिद्द सम्ममा नीराशा देख्न सकिन्छ।
के यो नेपालको बर्तमान स्थिति को पूर्ण चित्रण हो त ? मलाई लाग्छ होइन।जति धेरै समस्या त्यति धेरै समाधान र बिकाशका मौका हरु पनी हुँन्छन। कम नै दृष्टिमा परेपनि बिदेश गएर पढेर वा केही सिकेर नेपालमै केही गर्छु भन्ने जमात पनी बढ़दैछ।ब्यापार गर्न सफलता को दर कम होला तर त्यो दिनप्रति दिन सुधारून्मुक छ।नयाँ सृजनशील पद्दति अनुसरण गरेका ब्यापार फस्टाएका उदाहरणहरु पनि देख्न पाइन्छ।
आजभोलि का युवा पुस्ताहरु पश्चात्य मूलुकका युवा भन्दा केही कम छैनन।युवा पुस्ताका धेरै साथिहरु तमाम नीराशा का बाबजूद पनि सकारात्मक ऊर्जाको साथ अगाड़ी बढ़ी रहेको देख्दा, नेपाल भौतिक बिकाशको बाटोमा अगाड़ी बढ़ीरहेको छ भन्ने कुरामा ढुक्क लाग्छ।
– शित ले भिजेका सयपत्री देखि आकाश मा फक्रिएको चाँदनी सम्म । प्रकृति मन नपर्ने सायदै कोहि होला । अ वाइज गर्ल वान्स टोल्ड मि ” धेरै जना नेचर मा जान्छन तर कमै ले मात्र त्यसलाई महसुस गर्छन ” । भित्रै सम्म छोइदियो उसको यो वाक्य ले । बच्चै देखि प्रकृति को काख मा लडिबुडि खेलेर हुर्केको म , त्यहि काख को न्यानो खोजिरहन्छ मन ले । कतै पढेको थिए ” हाम्रा पुर्खा हरुले करिब २० लाख बर्ष जङ्गल मा घुमन्ते जिवन बिताएका थिए । यो कुरा इन्फर्मेसन को रुप मा हाम्रो डि.एन. ए मा जिवितै छ । त्यसैले प्रकृति मा जादा सधै होम कमिङ अनुभुती हुन्छ । तसर्थ प्रकृति घुम्ने ठाउँ मात्र होइन हाम्रो घर पनि हो ।
पोहोर साल दसैं बिदा मा फेवाताल वरिपरि घुम्दा एकजना आर्टिस्ट भेटिए । ताल छेउ को एकान्त मा बसेर ताल पारी को दृश्य क्यानभास मा उतारि रहेका । ध्यान को गहिराइ मा डुब्ने ध्यानि जस्ता । कर्म मा डुब्ने कर्मयोगि । पक्कै गिता को अध्ययन गरेर “योग मध्य कर्म योग नै श्रेष्ठ हो” यसरी पर्सिभ गरेको हुनुपर्छ । परिचय गर्यौँ र केहि बेर गफियौँ पनि । उनको नाम त बिर्सिए तर उनले बोलेको एउटा वाक्य अझै स्मृति मा ताजै छ।
” म चिल् भको देखेर अरु जेलस् फिल् गर्छन” ।
कला को बारेमा टन्नै कुरा गर्यौँ ।
भ्यान गग् देखि भिन्चि सम्म ।
प्रकृति देखि प्रेमी सम्म ।
एक दिन मेरो जिवन को यस्तो भयो जहाँ मलाई पहिलो पल्ट कुनै रेस्ट्रन्ट पनि मन्दिर जस्तो लाग्यो । लेकसाइड को भिगन वे क्याफे मा बसेर अगाडि को दृश्य लाई कफि मै मिसाएर पिउँदै थिए । फराकिलो ताल, प्रेमिका लाई कसेर अङालो मारेको जस्तो स्थिर पहाड छ वरीपरी जसलाई छुन सुस्तरि आकाश को बादल अवतरण गर्दैछ । सुर्यस्त पछि को दृश्य हो यो । दिन भर को आफ्नो कर्म सकेर सुर्य देव अन्तर ध्यान भए ।
“देखो कहां आगए हम सनम साथ चलते
जहां दिन कि बाहों मे रातों कि साए है ढलते”
सुस्तरी साँझ को आगमन हुँदैछ । साँझ को स्वागत मा रेस्ट्रन्ट भित्र का बत्ति हरु बल्न थाले उज्यालो छर्दै ।
यस्तो अदभुत क्षण भैदियो जब पानी का थोपा हरु आकाश बाट रेस्ट्रन्ट को छानो मा पोखिए तब कुनै मन्दिर मा कुनै भक्त ले ईस्वर लाई खुसि पार्न बजाएको घन्टि को आवाज जस्तो महसुस हुन थाल्यो । त्यति मात्र कहाँ हो र, एक जना बिदेशी पाहुना जसलाई हामि खैरे भन्छौ ” यस्तो दिब्य मन्दिर भित्र बसेका ति भक्त ले ईस्वर को नाम मा अगरबत्ति बालेझै रिज्ला मा भरेर हिमाली हावा र पारिलो घाम मा हुर्केको हिमालयन विड सल्काउन थाले । उनले सल्काएको विड को बास्ना मलाई अगरबत्ति को बासना भन्दा कम लागेन ।
यति दिब्य त्यो दृश्य अति अलौकिक त्यो क्षण। लेकसाइड को त्यो साँझ जहाँ टिन को छानो मा बर्षात पोखिँदा घन्टी को जस्तो आवाज आइरहेको छ । जहाँ अगरबत्ति सरि हिमालयन विड सल्किरहेको छ । ब्याक ग्राउन्ड मा ध्यान को गहिरो मा लैजाने मधुर सङित बजिरहेको छ । ईस्वर सरह साँझ का पाहुना पस्दैछन् रेस्ट्रन्ट भित्र । खाजा खाँदै गरेका वरिपरि का साथीहरुले प्रसाद ग्रहण गर्दैछन् जस्तो लाग्यो ।
पश्चिम कि एक चेली छिन् नजिकै जसको केश मा साझ को रंग पोखिएको छ । हाँसो छचल्किएको मुहार, अनि धपक्क बलेको केश । अहिले उनि देवि भन्दा कम देखिएकि छैनन् । जो जति छन् त्यो छानो मुनि सबै ध्यान मा छन् जस्तो ।
सबै एउटै ईस्वर को आराधना मा डुब्दैछन् जस्तो
“इक ओंकार सतनाम करता पुरख
निर्भो, निर्वैर
अकाल मूरत, अजूनी सभम “
ईस्वर एक छन् । गुरु नानक ले भनेर गए ।
ईस्वर भनेर बुझिने जुन तत्व छ त्यो समयातित छ । समय भन्दा पर छ । जन्म र मृत्यु भन्दा पर छ र जसले स्वभाव निर्भय र निरबैर हो । सबै थोक को रचियता उहि हो ।
त्यत्तिकै सान्दर्भिक छ महाकवि देवकोटा को बचन जसले भनेर गए ” कुन मन्दिर मा जान्छौं यात्री कुन मन्दिर मा जाने हो ”
रेस्ट्रन्ट नै मन्दिर लागेको, मन्दिर का सबै एलिमेन्ट्स त्यहीँ भेटेको त्यो दिव्य क्षण । त्यो क्षण मा मलाई चाहिने जति सबै थोक थियो ।
” दिस् मोमन्ट इज् अल देयर इज् ”
त्यो साँझ ले मलाई स्वयं को नजिक ल्याउँदै थियो । अझ भनौं आत्मा को नजिक ल्याउँदै थियो ।
साँझ को अङ्गालो मा लुटुपुटु पर्दा फेवाताल को मादकता ले पुरै छुँदै गयो।
त्यो क्षण दियो बनेर हृदय मा बलिरहेको छ । त्यसैको न्यानो ले हो मेरो ओठ मा मुस्कान फुलेको ।
बाघ को जस्तो गर्जन र सिंह को जस्तो ब्यक्तित्व भएका , साधना को तेज ले धपक्क बलेका मुक्त पुरुष सदगुरु स्वामि चंद्रेश लाई एक जना साधक ले विनम्रता पुर्वक प्रश्न टक्राए “गुरुदेव योगी हरु लाई किन प्रकृति चाहिन्छ? किन योगी हरु प्रकृति सङ ज्यादै नजिकिएका हुन्छन् ? यसको तात्पर्य के हो? के रहस्य छ?
स्वामी चंद्रेश ले प्रेमपुर्वक आफ्नो आशिर्वचन पस्किनु भयो…
“मनुष्य पृथ्वी मा किन छ ?
-आफ्नो स्वभाब लाई विकसित गर्न को लागी । मनुष्य स्वभाव निकै गहिरो छ । समुन्द्र जस्तै ।
कोहि मान्छे समुन्द्र को किनार मा जान्छ, समुद्र हेर्छ र
र घर फर्किन्छ । कोहि मान्छे समुन्द्र मा नुहाउछ । कोहि मान्छे समुन्द्र मा अलि पर सम्म पौडि खेल्छ । तर कोहि कोहि मान्छे हरु समुन्द्र को मुनि गएर रत्न कलेक्ट गर्छ । रन्त खोज्ने हरु ले समुन्द्र मा डुब्कि लगाउछ ।
कसै कसै लाई त समुन्द्र मुनि के रत्न छ थाहा नै छैन ।
त्यस्तै हामि आफ्नो जिन्दगी गुजार्छौँ । खान्छौँ पिउछौँ,सन्तान उत्पादन गर्छौँ , उनीहरुलाई हुर्काउछौँ । दुर्भाग्य यति मै सिमित भैदिन्छौ । तर हामि भित्र साधारण इन्द्रिय बृति को स्वभाव भन्दा गहिरो स्वभाव पनि छ ।
त्यो स्वभाव लाई बुझ्न र विकाश गर्न को लागि हामीलाई प्रकृति चाहिन्छ । प्रकृति को सम्पर्क मा गएपछि मन स्वभाविकत्व लाई प्राप्त गर्छ । मानिस समाज मा अरु को impression मा बाचिरहेको हुन्छ । अरु ले के भन्ला? भन्ने सोचेर समाज सङ डिपेन्डेन्ट हुदै जान्छ । तर प्रकृति मा आएपछि ब्यक्ति स्वयम को नजिक आउछ ।
तिमि प्रकृति को सानिध्य मा गएर रुख, नदि नाला, हिमाल र पहाड लाई नियालेउ भने तिमिभित्र एउटा अपुर्व भक्ति को अनुभुती आइपुग्छ। तिम्रो आत्मा आफ्नो स्थिरता लाई अनुभव गर्छ । “पहाड स्थिर छ जहा कुनै किसिम को अपबित्रता छैन तर हाम्रो मन अत्यन्त चनचल छ” ।
यो सबै कुराहरु को रियलाइजेसन तिमिलाई भएपछि तिमी भित्र को अप्राकृतिक तत्वहरु र इन्द्रिय बृति हरु “काम, क्रोध लोभ मोह” आदि जसले तिमीलाई गाह्रो पारिराखेको हुन्छ त्यो सबै शान्त भैहाल्छ ।
जसको अर्थ ” जगत मा ब्रह्म परिब्याप्त छ यो बोध तिमीले आफुमा लिएर आउ । ब्रह्म बाहेक अरु केहि कुरा को अस्तित्व नै छैन । यो सुन्दर पृथ्वी ब्रह्म बाटै उत्पत्ति भएको छ, ब्रह्ममय छ र ब्रह्म मै बिलिन हुन्छ ” । प्रकृति मा गएपछि तिमी भित्र को उच्च स्वभाव विकसित हुन्छ । आफ्नो स्वभाव लाई विकसित नगरिकन तिमी उच्च कोटि को आनन्द पाउन सक्दैनौ । दुनियादारि को आनन्द जुन अलि अलि हुन्छ साथि सङ, बन्धु सङ, घर परिवार सङ , त्यो त एकछिन को लागि मात्रै हो । तर तिमि भित्र जुन आध्यात्मिक स्वभाव छ, दैविय स्वभाव छ , मानवीय स्वभाव छ, चिनतनशिलता र मननशिलता छ त्यो गहिराइ मा पुग्न को निम्ति तिमीलाई एकान्त चाहिन्छ । त्यसकारण बैज्ञानिक पनि एकान्त मा जान्छ । कवि पनि एकान्त मा जान्छ । ठुलो ठुलो साहित्य पनि एकान्त मा गएर लेखिएको हुन्छ । योगि लाई त झन एकान्त मा जानुपर्छ किनकि उसलाई त एकान्त परमात्मा लाई चिन्नु छ । परमात्मा परिवार लिएर बसेको हुदैन । “एक ब्रह्म द्वितियो नास्ति “
एक ब्रह्म छ सबत्र परिब्याप्त । उसले आफु लाई अरुको अगाडि देखाउदैन । नाम, जस को लागि अगाडि आउदैन । उ एकान्त मा बसेर आफ्नो सिर्जन काम गरिरहेको छ । त्यसैले सिर्जनशिल ,मननसिल र चिन्तनशिल ब्यक्ति हरु को लागि एकान्त निकै महत्वपूर्ण हुन्छ । यदि तिमी स्थिर भएर एकान्त मा बसेर आनन्द लिन्छौ भने तिम्रो आध्यात्मिक बिकास भएको छ । यदि एकान्त मा बस्न सक्दैनौ तिमिलाई दौडेर बजार मा, भिडमा जानुपर्छ भने तिमीले अझै धेरै धेरै मिहिनेत गर्नुपर्छ तिमी भित्र को चेतना लाई जगाउन लाई । “
~स्वामी चन्द्रेश 🦁🇳🇵🔥
। यसरी साधना ले पल्लबित भएका मुक्त पुरुषको जिवन प्रेरणा को श्रोत हो ।
भिड मा जिवन को श्रेष्ठ सत्य न कहिल्यै पत्ता लाग्छ न त कहिल्यै महसुस हुन्छ । जब हामी एकान्त मा बस्छौ, स्वयं सङ समेत नबोलि बस्छौ तब अस्तित्व का गहिरा रहस्य हरुको हामी मा आविर्भाव हुन्छ । मौनता को निकै ठुलो शक्ति हुन्छ । एकान्तता को निकै ठुलो महत्त्व हुन्छ ।
ए.सि करेन्ट का प्रतिपादक जिनियस बैज्ञानिक “निकोला टेस्ला” ले भनेका छन् ।
“एक्लै, एकान्त मा बस
एकान्त यस्तो भुमि हो जहाँ आइडियाज हरु को जन्म हुन्छ
सबै आविष्कारहरु को सिक्रेट पनि एकान्त नै हो “
सधै रहस्यमय जिवन बाचेका एकान्त प्रेमी यि बैज्ञानिक ले मलाई पनि आफ्नो दिवाना बनाईछाडे ।
भनिन्छ “उनको एउटा परेवा सङ प्रेम सम्बन्ध थियो रे जस्तो केटा र केटि को बिच मा हुन्छ ।”
नेपालि साहित्य जगतका कन्टेम्पोररि पोएट ” मनु मन्जिल ” ले एउटा अन्तरवार्ता मा भनेका छन “म मेरो जिवन को हरेक दिन निश्चिति समय का लागि कुनै गोप्य ठाउँ मा हराउँछु, आफ्नै एकान्त मा । त्यो कुन ठाउँ हो ? भनेर नसोध्नुहोस । यस्तो गोप्य ठाउँ लाई म “Poet’s secret place to escape ” भन्न रुचाउँछु । त्यहि एकान्त को बगैचा मा मेरो रचना फल्छ फुल्छ । त्यहीँ बाट मैले मेरो रचना टिपेर ल्याउछु ।
त्यसैले जिवन को महत्ता बुझेका हरु ले सधै एकान्त रोजे । आफ्नै स्वभाव मा रमाए ।एकान्त मै आफु फक्रिए र आफ्नो सिर्जना पनि त्यसैको को मलजल ले फूलाए ।
बिज्ञान को जगत मा खोज को एकदमै ठुलो महत्त्व हुन्छ ।
जब जब कुनै नयाँ कुरा को डिस्कभरि हुन्छ तब त्यसको पछाडी को कथा निकै चाखलाग्दो हुन्छ ।
भौतिक बिज्ञान मा एउटा नियम छ जसलाई ” फाराडे’ज ल अफ इलेक्ट्रो म्याग्नेटिक इन्डक्सन ” भनिन्छ । यो नियम प्रतिपादन गर्ने बैज्ञानिक हुन “माइकल फाराडे” जसलाई “Prince of experiment” भनेर पनि चिनिन्छ । उनै बैज्ञानिक ले सन १८२५ मा बेन्जिन पत्ता लगाए । बेन्जिन एउट साइक्लिक, एरोमेटिक कम्पाउन्ड हो । जसमा ६ वटा कार्बन र ६ वटा हाइड्रोजन का परमाणु हरु हुन्छन त्यसैले यसको रासायनिक सुत्र हो C6H6 ।
तर अचम्म को कुरा यो थियो कि बेन्जिन पत्ता लागेको ४० बर्ष सम्म पनि त्यसको आणविक संरचना पत्ता लाग्न सकेको थिएन । अझ भनौ बेन्जिन को संरचनात्मक रहस्य खुल्न सकेको थिएन ।
यत्तिकै मा अर्गानिक केमिस्ट्री को जगत मा जर्मनि का एक जना अदभूत बैज्ञानिक को इन्ट्री हुन्छ जसको नाम थियो
“फ्रेडरिक अगस्ट केकुले”
उनले कुनै पनि हालत मा बेन्जिन को आणविक सरचना पत्ता लगाइ छाड्ने अठोटले कम्मर कसेका थिए । उनले यहि दिशा मा दिल-ओ-जान लगाएर खोज गरिरहेका थिए । उनि आफ्नो काम मा यति सम्म तल्लिन हुन्थे कि काम गर्दा गर्दै थाकेर उनि आफ्नो प्रयोगशाला मै निदाउने गर्थे । बाहिर के भैरहेको छ केहि कुरा को मतलब नगरी आफ्नो कर्म मा डुब्ने उनी रसायन शास्त्र का साधक थिए ।भनिन्छ ” उनले सपना मा पनि याटम्स र मलेक्युल्स नै देख्थे रे ” ।
“एसि दिवानगि से मै चाहुँ तुझे
जैसे पहलि दफा कोहि पागल हुवा हुवा मै”
आफुले चाहेको कुरा प्राप्त गर्ने जुनुन कै कारण आफ्नो कर्म मा पागलपन आयो भने दिन मात्र होइन रात पनि सहयोगी बन्दो रहेछ । बिपना मात्र होइन सपना पनि सहयोगी बन्दो रहेछ । एक दिन को कुरा हो उनले आफ्नै प्रयोगशाला मा थकित अवस्थामा न्याप लिने क्रममा एउटा अदभूत सपना देखे जसले रसायन शास्त्र को जगत मा अतुलनीय योगदान दियो ।उनले यस्तो बिचित्र सपना देखे जहाँ एउटा सर्प ले आफ्नै पुच्छर चपाइरहेका थियो । त्यो आकृतिमा एउटा रिङ बनिरहेको थियो जसलाई “Ouroboros” भनेर पनि चिनिन्छ ।
यो सपना लाई मनोबिज्ञान सङ जोडेर हेरौ । साइको अन्यालसिस का पिता मानिने सिग्मन्ड फ्रायड ले आफ्नो “फ्राइड थेवरी अफ ड्रिम” मा उल्लेख गरेका छन ” सपना ले अर्थ बोकेको हुन्छ तर त्यो अर्थ चै संकेत को रुप मा आएको हुन्छ । सपना भित्र लुकेको अर्थ लाई ल्याटेन्ट कन्टेन्ट भनिन्छ । केकुले निद्रा बाट बिउझिए र आफु ले सपनामा देखेको दृश्य लाई नै बेन्जिन को आणविक संरचना को रुप मा स्थापित गरे जसमा ६ वटा कार्बन र ६ वटा हाइड्रोजन साइक्लिक स्ट्रक्चर मा अरेन्ज भएका हुन्छन ।
बेन्जिन को संरचना साइक्लिक र प्लानर हुनु को पछाडि को कारण त्यसको केमिकल बोन्डिङ र मलेक्युलर जियोमेट्रि मा निहित छ । ६ वटै कार्बन-कार्बन बोन्ड को बोन्ड लेन्थ समान (१.३८ A°) हुन्छ । यसरी सपनाको सहायता ले उनले बर्षाै सम्म अल्झिएको रहस्य को गाँठो फुकाए र अर्गानिक केमिस्ट्री को जगत का कहिल्यै नअस्ताउने चम्किलो नक्षत्र बने । केकुले लाई सपना ले समेत साथ दियो ।
बिहानी घामले सुस्तरि छुदा, काउकुती ले मात्तिने कलिला फुल हरु जस्तै कोमल, मत्त, अनि क्युरियस थिए म त्यो बेला । भरखरै १४ बर्स लागेको म कक्षा १० मा पढ्दै थिए । मलाई यो जगत को तानावाना भौतिक बिज्ञान का नियम मा उनेर सिकाउने एक जना गुरु थिए । उनले बिज्ञान पढाउदा कहिले काहीँ आफ्नो डाएरी पल्टाएर कबिता बाचन पनि गर्थे । कहिले काहीँ लभ पोइम पनि हान्थे बुढा ले । उनको यो साहित्य सृजना गर्ने आयाम थाहा पाएर म उनिबाट बहुतै प्रभावित भएको थिए । कहिले काहीँ केही अग्रज दाइहरु ले मन परेकी मायालु केटि को याद मा चुर्लुम्म डुबेर लेखेका कविता हरु सुनाउने गर्थे । भरखर भरखर मोबाइल फोन पुग्दै थियो । सिडिएमए बाट मोबाइल फोन मा ट्रान्जिसन हुने फेज थियो । ईन्टरनेट ले विश्व लाई निलिसकेको थिएन । म स्कुल को लाइब्रेरी बाट विभिन्न पुस्तक हरु लगेर पढ्थे । धेरै जसो ती पुस्तक साहित्य सङ रिलेटेड हुन्थे । बिज्ञान पढाउने र कविता कन्सर्ट हान्ने गुरु देखि कविता छापिएर प्रकाशित भएका ती पुस्तक हरु ले म भित्र काब्य सृजना को मोह पसाइदिए ।
कोसिस चै गर्थे तर लेख्न केहि नआउने
हाम्रै महाकवी देवकोटा ले साकुन्तल महाकाब्य मा लेखेका छन्
“गाऊ आज भनी लिएँ कलम को वीणा यसो हात मा
चल्थ्यो हात कहाँ कठ्याङ्गरिन गयो अज्ञान का रात मा “
यस्तै हुन्थ्यो । भाव नपोखिए सम्म पाना मा- शब्द खल्ला हुने रहेछन । SLC पास भएर म कक्षा ११ मा बिज्ञान विषय पढ्न भर्ना भए । एक जना साथी भेटिए कक्षा मा जो साहित्य सृजना मा डुब्ने ब्यक्ती मानिन्थे । कलेज भरी उनको विशेष हाइट थियो । एउटा अलग पहिचान ।
उनी बेला बेला आफुले लेखेका कविता र गजल बाचन गर्ने गर्थे कक्षा मा अनि कलेज का कार्यक्रम हरु मा । चन्चले मन, चुलबुले मन । जीवन का विभिन्न आयाम हरु छुन मन लाग्ने कहाँ कहाँ पुग्न मन लाग्ने । ओठ मा मुस्कान अनि अनुहार मा चमक र जुँगाको हल्का रेखी । त्यसबेला म टिनएज मा थिए । जति बेला पनि खै के कुरा ले हो आफू भित्र हलचल गरिदिने आनन्द आउने । त्यति बेला नै हो मैले पहिलो पटक कसैलाई मन पराएको । मन पराएको मान्छे लाई आफ्नो हृदय भित्र का समग्र भावना हरु लाई प्रेम को धागो ले बुनेर बनाएको टेपेस्ट्री नै कविता हो भन्ने मैले बुझे त्यस बेला । तर पनि लेख्न चै आएन । लभ सङ र लभ पोएम खुब सुनिन्थ्यो । शरद ऋतु को आगमन अनि धान का बाला को सुगन्ध टिपेर उड्ने बदमास हावा थियो वरिपरि । श्वास लिदा हरेक चोटि धान का बाला र चाडपर्व को महक बास्ना आउने । यस्तै शरदिय पल मा आफ्नो कौमार्य छरेर मुसुमुसु मुस्कुराउदै समय बिताइरहेको थिए । त्यहि समय को कुनै पल मा अन्जान मै केहि मिठो एहसास ले दिल लाई स्पर्श गर्दै थियो ।
” इक अजनबी सा एहसास दिल को सताए
शायद यही तो प्यार है
बेताबियों में धड़कन मेरी चैन पाए
शायद यही तो प्यार है”
त्यहि नविन अनुभुती सायद प्रेम थियो । कतै पढेको थिए ” प्रेम ले सबै लाई कवि बनाइदिन्छ ” । प्रेम को स्पर्श पाएको हृदय मा काव्य को बिजारोपण हुदोरहेछ ।
” दुनिया किसी के प्यार में जन्नत से कम नहीं
एक दिलरुबा है दिल में जो हूरों से कम नहीं” । गजल गायन का बादशाह मानिने पाकिस्तानी गायक मेहदि हसन ले गाउनु भएजस्तै प्रेम मा चुर्लुम्म डुबेको बेला दुनिया नै स्वर्ग लाग्ने रहेछ । वरिपरि जे जति छ सबैले आनन्द को सुवास बोकि आउने रहेछ । यसरि नै बित्यो मेरो टिनएज को एउटा खन्ड । साहित्य सङ्सङै बिज्ञान मा पनि गहिरो रुचि राख्ने मैले दुबै विधा लाई प्यारलल्लि अध्ययन गर्दै आएको छु । तर बिज्ञान को भाषा कविता को भन्दा फरक हो । कवि ले जुन भाषा मा बोल्छ त्यो भाषा मा कुनै बैज्ञानिक ले बोल्दैन । कविता भाव को सुन्दर अभिव्यक्ति हो भने बिज्ञान तर्क को । कविता ले हृदय को गहिराई मा पुगेर भाव टिपेर ल्याउछ भने बिज्ञान ले यो जगत को तानावाना को कारण टिपेर ल्याउछ । कविता शुन्य को स्वर हो। यो शुन्य बाट आएको सुन्दर अभिब्यक्ति हो । त्यसैले उपनिषद् का ऋषि हरु समाधिको शुन्यता मा डुबेको बेला उनिहरु भित्र जे कुरा को प्रादुर्भाव भयो त्यो सबै काब्य कै आकाश बाट उनिहरु को मौन मा अवतरण भएको हो । मलाई निकै प्यारा लाग्ने , एकदमै कोमल ब्यक्तित्व भएका र आफ्ना सबै अभिव्यक्ति हरु मुस्कुराएरै दिने कवि हुन् मनु मन्जिल ।
उनि भन्छन ” म साहित्य लाई मुक्ति ठान्छु र त्यसका कारण हरु छन ।” कारण थाहा पाउन चाहाने हरुले उनको कविता को किताब पढ्नु ।
भारत का प्रसिद्ध कवि ‘गुल्जार’ ले आफ्नो “रुह” कबिता मा ” जून लखेट्न उडेका बादलहरु” भनेर लेखेका छन् । के बादल हरु ज्ून लखेट्न कै लागि उडेका हुन त ? जब कि बादल हरु पृथ्वी को बायुमण्डलमा हुन्छन तर पृथ्वी को बायुमण्डल देखि चन्द्रमा सम्म को दुरी ३७४,४०० किलोमीटर छ र पृथ्वी र चन्द्रमा को बिच मा भ्याकुम अर्थात शुन्य हुन्छ । बैज्ञानिक दृस्ठिकोण बाट हेर्दा “गुल्जार” को कविता गलत साबित हुन्छ । हाम्रै महाकवी देवकोटा ले “म देख्दछु ढुङ्गा लाई फूल ” भनेर लेखेका छन् । देवकोटा ले ढुङ्गा लाई किन र कुन आघार मा फूल देखे होलान् ? नेपाली साहित्य का अर्का नक्षत्र “भुपी शेरचन” ले आफ्नो “ए जून ” कविता मा लेखेका छन्
” मेरो जस्तै ए जुन झुठो हो तिम्रो हासो पनि
फरक छैन तिम्रो र मेरो
भित्र भित्र रोएर पनि बाहिर बाट हास्ने बानिमा
फरक यति मात्र छ हामि दुइटाको कहानि मा
कि तिमि रुन्छौ र तिम्रो आँसु शित बन्छ
म रुन्छु र मेरो आसु गित बन्छ ।”
के जून रोएरै शीत बन्ने हो त ? शीत बन्छ हावा मा लुकेर रहेको बाफ चिसिएर । यसरी हेर्दा भुपी को “ए जून” कविता पनि तर्कहिन देखिन्छ । समकालीन नेपालि साहित्य का सशक्त कवि, सार्क युवा पुरस्कार २०११ समेत जितेका मनु मन्जिल कै निकै प्यारो पुस्तक छ “ल्यामपोस्ट बाट खसेको जून” । ल्यामपोस्ट बाट जून खस्न सम्भव छ त ? बैज्ञानिक आधार माग्ने हो भने मनु मन्जिल को पुस्तक को शिर्षक नै गलत हुन्छ । यधपी कविता मा प्रयोग भएका यि बिम्ब हरु ले कवि हरु को अभिव्यक्ति मा अझै सुगन्ध थपेका छन् ।
काव्यात्मक अभिव्यक्ति मा बिज्ञान खोज्नु गलत हो । यदि त्यसमा बिज्ञान खोज्ने हो भने काव्य को अपमान हुन्छ र त्यसको सौन्दर्य पनि बिलाएर जान्छ । कविता मा प्रयोग हुने मेटाफोर नै कविता को सौन्दर्य को कडी हो । मेटाफोर अबैज्ञानिक र तर्क हिन हुन सक्छ तर त्यहि तर्क हिनता मा सौन्दर्य लुकेको हुन्छ । कुनै कवि ले हिमाल हेरेर भन्छ ” मुस्कुराइरहेको हिमाल ” । बैज्ञानिक ले यो अभिव्यक्ति को खण्डन गर्दै सोध्छ ” हिमाल निर्जीव कुरा हो । निर्जीव बस्तु कसरि मुस्कुराउछ ?” कवि ले हिमाल मुस्कुराउछ भन्ने मेटाफोर ले हिमाल को सौन्दर्य लाई बर्णन गर्न खोजेको हो ।
कविता को भाषा बिज्ञान को भन्दा फरक हो र हुनुपर्छ किनकि बिज्ञान ले सत्य को नजिक पुर्याउछ तर कविता ले ईस्वर को । यदि कविता को भाषा बिज्ञान कै टु पोइन्ट वो भैदियो भने त्यसले हाम्रो मन मस्तिष्क मा छर्ने जुन शान्ति र आनन्द हो त्यो हराएर जान्छ र अन्ततोगत्वा साहित्य पनि बिज्ञान जस्तै दर्शनढुङ्गा भैजान्छ ।