मनको तापले
पोल्न थाले…….
पाहाडको टुप्पो माथि
कुहिरोको नदिमा
नुहाउन जाने हो…….
त्यसले तन मन सबै
सितल बनाई दिन्छ…….
Author: diyalomasik
सुनौलो केश मा जब साँझ को रंग पोखियो
आँफै कला- आँफै कलाकार ।
प्रश्न : को हो त्यो ?
उत्तर : प्रकृति
प्रश्न : कसरी
उत्तर : अथ प्रथमोध्याय:
– शित ले भिजेका सयपत्री देखि आकाश मा फक्रिएको चाँदनी सम्म । प्रकृति मन नपर्ने सायदै कोहि होला । अ वाइज गर्ल वान्स टोल्ड मि ” धेरै जना नेचर मा जान्छन तर कमै ले मात्र त्यसलाई महसुस गर्छन ” । भित्रै सम्म छोइदियो उसको यो वाक्य ले । बच्चै देखि प्रकृति को काख मा लडिबुडि खेलेर हुर्केको म , त्यहि काख को न्यानो खोजिरहन्छ मन ले । कतै पढेको थिए ” हाम्रा पुर्खा हरुले करिब २० लाख बर्ष जङ्गल मा घुमन्ते जिवन बिताएका थिए । यो कुरा इन्फर्मेसन को रुप मा हाम्रो डि.एन. ए मा जिवितै छ । त्यसैले प्रकृति मा जादा सधै होम कमिङ अनुभुती हुन्छ । तसर्थ प्रकृति घुम्ने ठाउँ मात्र होइन हाम्रो घर पनि हो ।
पोहोर साल दसैं बिदा मा फेवाताल वरिपरि घुम्दा एकजना आर्टिस्ट भेटिए । ताल छेउ को एकान्त मा बसेर ताल पारी को दृश्य क्यानभास मा उतारि रहेका । ध्यान को गहिराइ मा डुब्ने ध्यानि जस्ता । कर्म मा डुब्ने कर्मयोगि । पक्कै गिता को अध्ययन गरेर “योग मध्य कर्म योग नै श्रेष्ठ हो” यसरी पर्सिभ गरेको हुनुपर्छ । परिचय गर्यौँ र केहि बेर गफियौँ पनि । उनको नाम त बिर्सिए तर उनले बोलेको एउटा वाक्य अझै स्मृति मा ताजै छ।
” म चिल् भको देखेर अरु जेलस् फिल् गर्छन” ।
कला को बारेमा टन्नै कुरा गर्यौँ ।
भ्यान गग् देखि भिन्चि सम्म ।
प्रकृति देखि प्रेमी सम्म ।
एक दिन मेरो जिवन को यस्तो भयो जहाँ मलाई पहिलो पल्ट कुनै रेस्ट्रन्ट पनि मन्दिर जस्तो लाग्यो । लेकसाइड को भिगन वे क्याफे मा बसेर अगाडि को दृश्य लाई कफि मै मिसाएर पिउँदै थिए । फराकिलो ताल, प्रेमिका लाई कसेर अङालो मारेको जस्तो स्थिर पहाड छ वरीपरी जसलाई छुन सुस्तरि आकाश को बादल अवतरण गर्दैछ । सुर्यस्त पछि को दृश्य हो यो । दिन भर को आफ्नो कर्म सकेर सुर्य देव अन्तर ध्यान भए ।
“देखो कहां आगए हम सनम साथ चलते
जहां दिन कि बाहों मे रातों कि साए है ढलते”
सुस्तरी साँझ को आगमन हुँदैछ । साँझ को स्वागत मा रेस्ट्रन्ट भित्र का बत्ति हरु बल्न थाले उज्यालो छर्दै ।
यस्तो अदभुत क्षण भैदियो जब पानी का थोपा हरु आकाश बाट रेस्ट्रन्ट को छानो मा पोखिए तब कुनै मन्दिर मा कुनै भक्त ले ईस्वर लाई खुसि पार्न बजाएको घन्टि को आवाज जस्तो महसुस हुन थाल्यो । त्यति मात्र कहाँ हो र, एक जना बिदेशी पाहुना जसलाई हामि खैरे भन्छौ ” यस्तो दिब्य मन्दिर भित्र बसेका ति भक्त ले ईस्वर को नाम मा अगरबत्ति बालेझै रिज्ला मा भरेर हिमाली हावा र पारिलो घाम मा हुर्केको हिमालयन विड सल्काउन थाले । उनले सल्काएको विड को बास्ना मलाई अगरबत्ति को बासना भन्दा कम लागेन ।
यति दिब्य त्यो दृश्य अति अलौकिक त्यो क्षण। लेकसाइड को त्यो साँझ जहाँ टिन को छानो मा बर्षात पोखिँदा घन्टी को जस्तो आवाज आइरहेको छ । जहाँ अगरबत्ति सरि हिमालयन विड सल्किरहेको छ । ब्याक ग्राउन्ड मा ध्यान को गहिरो मा लैजाने मधुर सङित बजिरहेको छ । ईस्वर सरह साँझ का पाहुना पस्दैछन् रेस्ट्रन्ट भित्र । खाजा खाँदै गरेका वरिपरि का साथीहरुले प्रसाद ग्रहण गर्दैछन् जस्तो लाग्यो ।
पश्चिम कि एक चेली छिन् नजिकै जसको केश मा साझ को रंग पोखिएको छ । हाँसो छचल्किएको मुहार, अनि धपक्क बलेको केश । अहिले उनि देवि भन्दा कम देखिएकि छैनन् । जो जति छन् त्यो छानो मुनि सबै ध्यान मा छन् जस्तो ।
सबै एउटै ईस्वर को आराधना मा डुब्दैछन् जस्तो
“इक ओंकार सतनाम करता पुरख
निर्भो, निर्वैर
अकाल मूरत, अजूनी सभम “
ईस्वर एक छन् । गुरु नानक ले भनेर गए ।
ईस्वर भनेर बुझिने जुन तत्व छ त्यो समयातित छ । समय भन्दा पर छ । जन्म र मृत्यु भन्दा पर छ र जसले स्वभाव निर्भय र निरबैर हो । सबै थोक को रचियता उहि हो ।
त्यत्तिकै सान्दर्भिक छ महाकवि देवकोटा को बचन जसले भनेर गए ” कुन मन्दिर मा जान्छौं यात्री कुन मन्दिर मा जाने हो ”
रेस्ट्रन्ट नै मन्दिर लागेको, मन्दिर का सबै एलिमेन्ट्स त्यहीँ भेटेको त्यो दिव्य क्षण । त्यो क्षण मा मलाई चाहिने जति सबै थोक थियो ।
” दिस् मोमन्ट इज् अल देयर इज् ”
त्यो साँझ ले मलाई स्वयं को नजिक ल्याउँदै थियो । अझ भनौं आत्मा को नजिक ल्याउँदै थियो ।
साँझ को अङ्गालो मा लुटुपुटु पर्दा फेवाताल को मादकता ले पुरै छुँदै गयो।
त्यो क्षण दियो बनेर हृदय मा बलिरहेको छ । त्यसैको न्यानो ले हो मेरो ओठ मा मुस्कान फुलेको ।
त्यसैको नशा मा छु ।
~ प्रदिप तिमिल्सिना

मनुष्य पृथ्वी मा किन छ ?
बाघ को जस्तो गर्जन र सिंह को जस्तो ब्यक्तित्व भएका , साधना को तेज ले धपक्क बलेका मुक्त पुरुष सदगुरु स्वामि चंद्रेश लाई एक जना साधक ले विनम्रता पुर्वक प्रश्न टक्राए “गुरुदेव योगी हरु लाई किन प्रकृति चाहिन्छ? किन योगी हरु प्रकृति सङ ज्यादै नजिकिएका हुन्छन् ? यसको तात्पर्य के हो? के रहस्य छ?
स्वामी चंद्रेश ले प्रेमपुर्वक आफ्नो आशिर्वचन पस्किनु भयो…
“मनुष्य पृथ्वी मा किन छ ?
-आफ्नो स्वभाब लाई विकसित गर्न को लागी । मनुष्य स्वभाव निकै गहिरो छ । समुन्द्र जस्तै ।
कोहि मान्छे समुन्द्र को किनार मा जान्छ, समुद्र हेर्छ र
र घर फर्किन्छ । कोहि मान्छे समुन्द्र मा नुहाउछ । कोहि मान्छे समुन्द्र मा अलि पर सम्म पौडि खेल्छ । तर कोहि कोहि मान्छे हरु समुन्द्र को मुनि गएर रत्न कलेक्ट गर्छ । रन्त खोज्ने हरु ले समुन्द्र मा डुब्कि लगाउछ ।
कसै कसै लाई त समुन्द्र मुनि के रत्न छ थाहा नै छैन ।
त्यस्तै हामि आफ्नो जिन्दगी गुजार्छौँ । खान्छौँ पिउछौँ,सन्तान उत्पादन गर्छौँ , उनीहरुलाई हुर्काउछौँ । दुर्भाग्य यति मै सिमित भैदिन्छौ । तर हामि भित्र साधारण इन्द्रिय बृति को स्वभाव भन्दा गहिरो स्वभाव पनि छ ।
त्यो स्वभाव लाई बुझ्न र विकाश गर्न को लागि हामीलाई प्रकृति चाहिन्छ । प्रकृति को सम्पर्क मा गएपछि मन स्वभाविकत्व लाई प्राप्त गर्छ । मानिस समाज मा अरु को impression मा बाचिरहेको हुन्छ । अरु ले के भन्ला? भन्ने सोचेर समाज सङ डिपेन्डेन्ट हुदै जान्छ । तर प्रकृति मा आएपछि ब्यक्ति स्वयम को नजिक आउछ ।
तिमि प्रकृति को सानिध्य मा गएर रुख, नदि नाला, हिमाल र पहाड लाई नियालेउ भने तिमिभित्र एउटा अपुर्व भक्ति को अनुभुती आइपुग्छ। तिम्रो आत्मा आफ्नो स्थिरता लाई अनुभव गर्छ । “पहाड स्थिर छ जहा कुनै किसिम को अपबित्रता छैन तर हाम्रो मन अत्यन्त चनचल छ” ।
यो सबै कुराहरु को रियलाइजेसन तिमिलाई भएपछि तिमी भित्र को अप्राकृतिक तत्वहरु र इन्द्रिय बृति हरु “काम, क्रोध लोभ मोह” आदि जसले तिमीलाई गाह्रो पारिराखेको हुन्छ त्यो सबै शान्त भैहाल्छ ।
त्यसैले उपनिषद् मा भनिएको छ
“सर्वं खल्विदं ब्रह्म तज्जलानिति शान्त उपासीत।
अथ खलु क्रतुमयः पुरुषो यथाक्रतुरस्मिल्लोके पुरुषो भवति तथेतः प्रेत्य भवति स क्रतुं कुर्वीत॥”
जसको अर्थ ” जगत मा ब्रह्म परिब्याप्त छ यो बोध तिमीले आफुमा लिएर आउ । ब्रह्म बाहेक अरु केहि कुरा को अस्तित्व नै छैन । यो सुन्दर पृथ्वी ब्रह्म बाटै उत्पत्ति भएको छ, ब्रह्ममय छ र ब्रह्म मै बिलिन हुन्छ ” । प्रकृति मा गएपछि तिमी भित्र को उच्च स्वभाव विकसित हुन्छ । आफ्नो स्वभाव लाई विकसित नगरिकन तिमी उच्च कोटि को आनन्द पाउन सक्दैनौ । दुनियादारि को आनन्द जुन अलि अलि हुन्छ साथि सङ, बन्धु सङ, घर परिवार सङ , त्यो त एकछिन को लागि मात्रै हो । तर तिमि भित्र जुन आध्यात्मिक स्वभाव छ, दैविय स्वभाव छ , मानवीय स्वभाव छ, चिनतनशिलता र मननशिलता छ त्यो गहिराइ मा पुग्न को निम्ति तिमीलाई एकान्त चाहिन्छ । त्यसकारण बैज्ञानिक पनि एकान्त मा जान्छ । कवि पनि एकान्त मा जान्छ । ठुलो ठुलो साहित्य पनि एकान्त मा गएर लेखिएको हुन्छ । योगि लाई त झन एकान्त मा जानुपर्छ किनकि उसलाई त एकान्त परमात्मा लाई चिन्नु छ । परमात्मा परिवार लिएर बसेको हुदैन । “एक ब्रह्म द्वितियो नास्ति “
एक ब्रह्म छ सबत्र परिब्याप्त । उसले आफु लाई अरुको अगाडि देखाउदैन । नाम, जस को लागि अगाडि आउदैन । उ एकान्त मा बसेर आफ्नो सिर्जन काम गरिरहेको छ । त्यसैले सिर्जनशिल ,मननसिल र चिन्तनशिल ब्यक्ति हरु को लागि एकान्त निकै महत्वपूर्ण हुन्छ । यदि तिमी स्थिर भएर एकान्त मा बसेर आनन्द लिन्छौ भने तिम्रो आध्यात्मिक बिकास भएको छ । यदि एकान्त मा बस्न सक्दैनौ तिमिलाई दौडेर बजार मा, भिडमा जानुपर्छ भने तिमीले अझै धेरै धेरै मिहिनेत गर्नुपर्छ तिमी भित्र को चेतना लाई जगाउन लाई । “
~स्वामी चन्द्रेश 🦁🇳🇵🔥
। यसरी साधना ले पल्लबित भएका मुक्त पुरुषको जिवन प्रेरणा को श्रोत हो ।
भिड मा जिवन को श्रेष्ठ सत्य न कहिल्यै पत्ता लाग्छ न त कहिल्यै महसुस हुन्छ । जब हामी एकान्त मा बस्छौ, स्वयं सङ समेत नबोलि बस्छौ तब अस्तित्व का गहिरा रहस्य हरुको हामी मा आविर्भाव हुन्छ । मौनता को निकै ठुलो शक्ति हुन्छ । एकान्तता को निकै ठुलो महत्त्व हुन्छ ।
ए.सि करेन्ट का प्रतिपादक जिनियस बैज्ञानिक “निकोला टेस्ला” ले भनेका छन् ।
“एक्लै, एकान्त मा बस
एकान्त यस्तो भुमि हो जहाँ आइडियाज हरु को जन्म हुन्छ
सबै आविष्कारहरु को सिक्रेट पनि एकान्त नै हो “
सधै रहस्यमय जिवन बाचेका एकान्त प्रेमी यि बैज्ञानिक ले मलाई पनि आफ्नो दिवाना बनाईछाडे ।
भनिन्छ “उनको एउटा परेवा सङ प्रेम सम्बन्ध थियो रे जस्तो केटा र केटि को बिच मा हुन्छ ।”
नेपालि साहित्य जगतका कन्टेम्पोररि पोएट ” मनु मन्जिल ” ले एउटा अन्तरवार्ता मा भनेका छन “म मेरो जिवन को हरेक दिन निश्चिति समय का लागि कुनै गोप्य ठाउँ मा हराउँछु, आफ्नै एकान्त मा । त्यो कुन ठाउँ हो ? भनेर नसोध्नुहोस । यस्तो गोप्य ठाउँ लाई म “Poet’s secret place to escape ” भन्न रुचाउँछु । त्यहि एकान्त को बगैचा मा मेरो रचना फल्छ फुल्छ । त्यहीँ बाट मैले मेरो रचना टिपेर ल्याउछु ।
त्यसैले जिवन को महत्ता बुझेका हरु ले सधै एकान्त रोजे । आफ्नै स्वभाव मा रमाए ।एकान्त मै आफु फक्रिए र आफ्नो सिर्जना पनि त्यसैको को मलजल ले फूलाए ।
एकान्त र एक्लोपन बाट भाग्नु स्वयम सङ भाग्नु हो ।
आफै सङ डराएर भागेको ब्यक्ति लाई एकान्त मन पर्दैन
त्यसैले त उसलाई सधै भिड चाहिन्छ ।
स्वयम सङ स्वयम को भेट
एकान्त मा होस्
आफु सङै हजुर को पुनर्मिलन होस्
एकान्त को सुगन्ध मा हजुर को जिवन पल्लबित होस् ।
धन्यवाद
~प्रदिप तिमिल्सिना ।

सपना को शक्ति
बिज्ञान को जगत मा खोज को एकदमै ठुलो महत्त्व हुन्छ ।
जब जब कुनै नयाँ कुरा को डिस्कभरि हुन्छ तब त्यसको पछाडी को कथा निकै चाखलाग्दो हुन्छ ।
भौतिक बिज्ञान मा एउटा नियम छ जसलाई ” फाराडे’ज ल अफ इलेक्ट्रो म्याग्नेटिक इन्डक्सन ” भनिन्छ । यो नियम प्रतिपादन गर्ने बैज्ञानिक हुन “माइकल फाराडे” जसलाई “Prince of experiment” भनेर पनि चिनिन्छ । उनै बैज्ञानिक ले सन १८२५ मा बेन्जिन पत्ता लगाए । बेन्जिन एउट साइक्लिक, एरोमेटिक कम्पाउन्ड हो । जसमा ६ वटा कार्बन र ६ वटा हाइड्रोजन का परमाणु हरु हुन्छन त्यसैले यसको रासायनिक सुत्र हो C6H6 ।
तर अचम्म को कुरा यो थियो कि बेन्जिन पत्ता लागेको ४० बर्ष सम्म पनि त्यसको आणविक संरचना पत्ता लाग्न सकेको थिएन । अझ भनौ बेन्जिन को संरचनात्मक रहस्य खुल्न सकेको थिएन ।
यत्तिकै मा अर्गानिक केमिस्ट्री को जगत मा जर्मनि का एक जना अदभूत बैज्ञानिक को इन्ट्री हुन्छ जसको नाम थियो
“फ्रेडरिक अगस्ट केकुले”
उनले कुनै पनि हालत मा बेन्जिन को आणविक सरचना पत्ता लगाइ छाड्ने अठोटले कम्मर कसेका थिए । उनले यहि दिशा मा दिल-ओ-जान लगाएर खोज गरिरहेका थिए । उनि आफ्नो काम मा यति सम्म तल्लिन हुन्थे कि काम गर्दा गर्दै थाकेर उनि आफ्नो प्रयोगशाला मै निदाउने गर्थे । बाहिर के भैरहेको छ केहि कुरा को मतलब नगरी आफ्नो कर्म मा डुब्ने उनी रसायन शास्त्र का साधक थिए ।भनिन्छ ” उनले सपना मा पनि याटम्स र मलेक्युल्स नै देख्थे रे ” ।
“एसि दिवानगि से मै चाहुँ तुझे
जैसे पहलि दफा कोहि पागल हुवा हुवा मै”
आफुले चाहेको कुरा प्राप्त गर्ने जुनुन कै कारण आफ्नो कर्म मा पागलपन आयो भने दिन मात्र होइन रात पनि सहयोगी बन्दो रहेछ । बिपना मात्र होइन सपना पनि सहयोगी बन्दो रहेछ । एक दिन को कुरा हो उनले आफ्नै प्रयोगशाला मा थकित अवस्थामा न्याप लिने क्रममा एउटा अदभूत सपना देखे जसले रसायन शास्त्र को जगत मा अतुलनीय योगदान दियो ।उनले यस्तो बिचित्र सपना देखे जहाँ एउटा सर्प ले आफ्नै पुच्छर चपाइरहेका थियो । त्यो आकृतिमा एउटा रिङ बनिरहेको थियो जसलाई “Ouroboros” भनेर पनि चिनिन्छ ।
यो सपना लाई मनोबिज्ञान सङ जोडेर हेरौ । साइको अन्यालसिस का पिता मानिने सिग्मन्ड फ्रायड ले आफ्नो “फ्राइड थेवरी अफ ड्रिम” मा उल्लेख गरेका छन ” सपना ले अर्थ बोकेको हुन्छ तर त्यो अर्थ चै संकेत को रुप मा आएको हुन्छ । सपना भित्र लुकेको अर्थ लाई ल्याटेन्ट कन्टेन्ट भनिन्छ । केकुले निद्रा बाट बिउझिए र आफु ले सपनामा देखेको दृश्य लाई नै बेन्जिन को आणविक संरचना को रुप मा स्थापित गरे जसमा ६ वटा कार्बन र ६ वटा हाइड्रोजन साइक्लिक स्ट्रक्चर मा अरेन्ज भएका हुन्छन ।
बेन्जिन को संरचना साइक्लिक र प्लानर हुनु को पछाडि को कारण त्यसको केमिकल बोन्डिङ र मलेक्युलर जियोमेट्रि मा निहित छ । ६ वटै कार्बन-कार्बन बोन्ड को बोन्ड लेन्थ समान (१.३८ A°) हुन्छ । यसरी सपनाको सहायता ले उनले बर्षाै सम्म अल्झिएको रहस्य को गाँठो फुकाए र अर्गानिक केमिस्ट्री को जगत का कहिल्यै नअस्ताउने चम्किलो नक्षत्र बने । केकुले लाई सपना ले समेत साथ दियो ।
त्यसैले उनले भनेर गए
” सपना देख्नु पर्छ
तब सत्य सम्म पुग्न सक्ने सम्भावना हुन्छ ।
~ प्रदिप तिमिल्सिना

किन यो मन रुन्छ…?
रमा दुलाल
कोर्न खोज्छु सधैँ सधैँ
बुबा तिम्रा यादहरू,
तस्बिरभित्र नियाल्दछु
अमिट ती भावहरू !१!
आमा भनी हुर्कायौ तिमीले
हात समाती लेख्न सिकायौ,
अढाई वर्षकी अबोधलाई
मातृत्वको लेप लगायौ!२!
मन, वचन र कर्म सधैं
एउटै हुनुपर्छ भन्थ्यौ,
जस्तै विषम परिस्थितिमा पनि
हिमाल झैँ अटल थियौ!३!
एक चम्किलो ऐना तिमी
तर कहिल्यै चर्किएनौ,
आँधीबेरी तुफानलाई
सुरक्षा कबज तिमी भयौ!४!
तिमी मेरो जीवनको
अनुशासनको मोहर थियौ,
परिश्रम र समयको
अदृश्य तिमी लगाम थियौ!५!
रिस, राग र अहंकारको
अविनाशी तिमी ढाल थियौ,
वासल्यको मिठो पलहरूमा,
नौनी झै तिमी नरम हुन्थ्यौ!६!
मानिसहरूको भिडमा
एक्लो मेरो साथी थियौ,
भिरमा अड्केको जीवनलाई
सुरक्षा कबज तिमी भयौ!७!
जीवनको परिभाषामा
तिमी मेरो व्याकरण थियौ,
वेद गीता र कुरानहरूमा
तिमी मेरो प्राण थियौ!८!
तिमी मेरो प्रगति-पथको
प्रेरणाको स्रोत हौ,
जुन संसारमा भएपनि
यो मुटुको ढुकढुकी हौ!९!
नश्वर शरीर, नश्वर संसार
एक दिन त जानु नै छ,
थाहा छ बुवा यो सब सपना हो
तर पनि किन यो मन रुन्छ…?!१०!
पानी परेको बेला
पानी परेको बेला किन गीत गाउन मन लाग्छ? किनकि पानीको थोपा भुईमा जब पर्छ…. त्यो ताल बन्छ…..
By Pra Vaha
कुन भाषामा लेख्न सुरु गरौँ त ?
विचारको जागरण contd…
अनुवाद: अनुपम

सानोमा कण्ठ गराइएको भाषा याद छैन मलाई. यसमा न मेरो केही दोष छ न त मेरा शिक्षकहरुको. सुन्दा आश्चर्य लाग्ला,तर एक युरोपेली सम्मोहनविदका अनुसार मेरो यो क्षमता बाल्यकाल मै गुमेको थियो. निकै लामो मनोविश्लेषण पछी उनले यो कुरा पत्ता लगाए. उनका अनुसार म जन्मँदै गर्दा हाम्रो घरको झ्यालमा बाख्राले पारेको प्वालबाट छिमेकीको घरमा बजाएको ग्रामोफोनको आवाज आउँदै थियो. त्यो आवाजसँग लय र ताल नमिलेको ध्वनी निकाल्दै सुंडेनी नमज्जासँग खोकीको औषधी चपाउँदै थिइन्. त्यसकारण ग्रामोफोनमा बज्दै गरेको भाषा र त्यसका नियम सम्झिनमा कुनै चासो नै मलाई कहिले भएन. म जानेर, नजानेर यो भाषाको प्रयोग नगर्ने बन्दै गएँ. सिकेका कुरा पनि बिस्तारै बिर्सिंदै जाने भएँ.. यो घटनाबाट मैले तीनवटा महत्वपूर्ण कुरा सिकें जसको बारेमा म यही अध्यायमा अल्ली पछी चर्चा गर्नेछु. अमेरिकी विज्ञापनका बोर्ड झैं चारैतिरबाट स्पष्ट देखिएको र जस्तै मनोविदले पनी अब केही लछारपाटो लगाउन नसक्ने कुरो, नृत्यको शिक्षकका रुपमा प्रख्यात म अब लेखक बन्न जाँदैछु. पक्कै धेरै लेख्नेछु. जे गर्छु धेरै गर्ने बानी जो छ बच्चैबाट. तर माथी नै उल्लेख गरें, व्याकरणीय भाषा र शैलीको अज्ञानताका कारण मेरो लेखनको शैली बोलचालको शैली नै हुनेछ.
पख्नुहोस् अझै. भाँडो भरिएकै छैन. कुन भाषामा लेख्ने त ? सुरुवातमा मैले रसियनमा लेखेको भएता पनि विद्वानहरुका विद्वान मुल्ला नसिरुद्दीनका अनुसार रसियन भाषामा खासै टाढा पुग्न सकिन्न. (मुल्ला नसिरुद्दीन वा नसिरुद्दीन होजा युरोप वा अमेरिकामा कम परिचित होलान्, तर एसिया महादेशमा त उनी प्रख्यात छन्. अमेरिकाका अंकल स्याम सरह. एसियामा पुराना नयाँ थुप्रै कथा सुनाइने गरिन्छ उनको.)
रसियन राम्रो भाषा हो. पक्कै. तर कथा कहानी सुनाउन वा आफ्नो वंशावली वर्णन गर्न मात्र. रसियन र अंग्रेजी उस्तै हुन्. अंग्रेजी पनि राम्रो हो भाषा तर आराम कुर्सीमा बसेर उपरखुट्टी लगाउँदै फ्रोजन मिटको बारेमा गफ चुट्नसम्म मात्र उपयोगी. यी दुवै भाषा मस्कोमा सोलीयानका कहलाइने एउटा खानेकुरो जस्तो लाग्छन् मलाई जसमा तपाईं र मलाई बाहेक सबथोक हाल्न सकिन्छ.
To be contd..

विचारको जागरण…

अनुवाद ~ अनुपम
Contd…
लेखकीय मन्तव्य वा यस्तै केही लेखेर सुरु गरौँ भनेँ, यसकारण, की केटा वा केटी भनेर छुट्याउन सक्ने उमेर भएयता मैले आजसम्म सबथोक यसरी गर्दै आएको छु जसरी अरु कसैले गरेको छैन. यो काममा म आफ्नो यो नियम किन तोडौं ? अन्य लेखकहरुले जसरी आफ्नो लेखन सुरु नगर्न म मेरो यही नियमले बाँधीएको छु. यसर्थ, सामान्यतया जसरी लेखन भूमिकाका साथ सुरु हुन्छ म त्यसरी सुरु नगरी चेतावनीका साथ सुरु गर्न चाहन्छु. त्यसो गरे बल्ल मैले पाठकलाई न्याय गरेको ठहर्छ र यो कुरा मेरो आफ्नो नियम अनुकुलको, इमान्दार पनि हुन जान्छ. यसर्थ कि, म लगायत मेरा परिचितहरू जान्दछौ, मेरो लेखनले ढिलोचाँडो मान्छेलाई धनको लोभ, सुन्दर जीवनको कल्पना, भविष्यका सपना जस्ता कुराहरु प्रती उदासिन बनाइदिन सक्छ. पेशेवर लेखकहरु यस्ता भूमिकाहरूमा पाठकलाइ अनेक फुलबुट्टे विशेषणले सम्बोधन गर्छन्. यो मामिलामा मात्र म उनीहरूको अनुसरण गर्नेछु अब. पाठकको संवेदना नै चलाउने जत्तिका गुलिया शब्दको प्रयोग भने मबाट हुनेछैन.
सुरु गरौँ…
मेरा प्यारा, आदरणीय, संकल्पवान, धैर्यवान पाठकवृन्द, सगौरव म यहाँहरुलाई जानकारी गराउन चाहन्छु, जीवनको यो अन्तीम खण्डमा आइपरेको एउटा अकल्पनीय दुर्घटनाका बाबजुद म केही पुस्तकहरू लेख्न जाँदैछु. यद्यपि आजसम्म मैले पुस्तक त के सिलसिला र व्याकरण मिलाएर लेख्नु पर्ने गरी एउटा चिठ्ठीसम्म पनि लेखेको छैन. अबबाट भने म एउटा पेशेवर लेखक बन्न जाँदैछु. लेखनको सामान्य जानकारी समेत नभएको कारणले मेरो लेखन अन्य लेखकहारूको जस्तो भने पटक्कै हुनेछैन जसको लेखनीसँग तपाईं आफ्नो हातको बास्ना जत्तिकै परिचित हुनुहुन्छ. मेरो लेखन छिचोल्न तपाईंलाई हुने समस्याको कारण यस्तो छ, बाल्यकालबाट नै हामीमा एउटा यस्तो यान्त्रिक केन्द्रको विकास भयो जसले आफैं नयाँ प्राप्त प्रभावहरुलाई ग्रहण गर्छ र सम्बोधन गर्छ. जसका लागी हामी ‘आफैंले’ कुनै श्रम गर्नुपर्दैन. मेरो लेखन पढ्न त्यो यान्त्रिक केन्द्रले सक्ददैन. खुलस्त भन्दा, मेरो लेखनमा व्याकरणीय त्रुटी मात्र नभएर एउटा लेखकले प्रयोग गर्ने र एउटा आम पाठकले बुझ्ने जत्तिको भाषा पनी हुँदैन. यसलाई लिएर गाली खाइएला भनी म चिन्तित छैन. यसकारण, कि धर्तीमा आजभोली आधा आँखा बन्द गरेर सुत्नेहरु देखी लिएर घरभाडा तिर्नुपर्ने समस्या नभएका सम्म हर-कोहीलाई पुस्तक लेख्ने रोग लागेको छ. तपाईँहरूले थरीथरिको लेखनलाई राम्रै पचाईसक्नुभयो भन्नेमा म विश्वस्त छु. मेरो पाराको लेखनी देखेर तपाईं यसर्थ अचम्म मान्नुहुने छैन पक्कै. तथापि, मैले सुरुमै परिष्कृत भाषाको मेरो अज्ञानता चेतावनीका रुपमा प्रस्तुत गरेकै छु. आफ्नो बचावमा लाजले गाला राता पार्दै म केवल यती भन्न सक्छु, त्यस्तो भाषा बाल्यकालमा मैले सिकेको त थिएँ, व्याकरणका थुप्रै नियम मैले रटेको त थिएँ, तर दुर्भाग्य त्यसरी कण्ठ गरेको कुनै पनी कुरा मलाई अहिलेको अवस्थामा कण्ठ छैन.
To be contd…

प्रथम अध्याय
विचारको जागरण
अनुवाद- अनुपम

मैले होसपूर्वक बाँच्ने क्रममा अनुभव गरेको कुरा, चाहे जुनसुकै समय वा काल किन नहोस्, मान्छे कुनै नयाँ कुरा सुरु गर्दा मुखैले वा कम्तीमा मनमनै भएपनी केही भन्ने गर्छन् जो त्यस समयका शिक्षित अशिक्षित सबैले समान अर्थमा बुझ्छन्. त्यो भनाईको सार लगभग यस्तो हुन्छ, “हे ईश्वर !”
यसर्थ, लेखनको यो कार्य जो मेरो लागी नितान्त नौलो हो, सुरु गर्नु अघी म पनि आफ्नो सम्पूर्णताका साथ त्यसै गर्न चाहन्छु. यसरी सुरु गरिएको हुनाले मेरो लेखन कार्य सहझै अघी बढ्नेछ भन्नेमा म ढुक्क छु. सुरु त गरियो, अब बाँकी के कस्तो हुनेछ भन्ने बारेमा म अहिले यती मात्र भन्न सक्छु जो एकपल्ट एक दृष्टीविहिनले भनेको थियो, “हेरौंला.” सर्वप्रथम म मेरो दाहिने हात छातीमा राखेर भन्न चाहन्छु व्यक्तिगत रुपमा लेख्न मेरो खासै चासो हैन. हालै भएको एउटा दुर्घटनाका कारण मेरो दाहिने हात केही घाइते पनि भएको छ. तथापी परिस्थिती नै यस्तो सिर्जित हुन गयो, दुर्घटनावस होस् वा कुनै वाह्य तत्वले नै चाहेर हो, मैले लेख्नै पर्ने भयो. म मात्र यती भन्न सक्छु, यस परिस्थितीले मैले केही अर्थपूर्ण लेखौं भन्ने चाहेको हो न की मान्छे सुत्नु अघी पढ्ने केही लेखौं.
जे होस्, ल अब लेख्न सुरु गरौँ. तर कसरी सुरु गर्ने त ?
कतै यो सोचले फेरी तीन हप्ता अघिको उही नमिठो संवेदना दोहोर्याउने त छैन जब म यही काम कसरी सुरु गर्ने भनेर सोच्दै थिएँ ?
त्यसवेलाको त्यो संवेदनाको बारेमा अहिले बताउन पर्दा म केवल यती भन्न सक्छु, “आफ्नै विचारको बाढीमा डुबीएला भन्ने डर.
यो डरबाट निस्किन मैले त्यही उपाय लगाउनु पर्ने हुन्छ जो सबै मान्छे आफ्नो विवेकको आवाज दबाउन अपनाउने गर्छन्, अर्थात् गर्नैपर्ने काम नगरेर त्यस कुराले चित्त पोलेको खण्डमा भन्ने गर्छन्, “भोली गर्छु.”
म यही गर्न सक्थें यसपाली पनि. यो मान्ने थिएँ की मसँग समय प्रसस्त छ. तर यसपाली त्यस्तो रहेन कुरा. यसर्थ, पड्किने अवस्था आएपनी मैले लेख्नु नै छ. तर सुरु कसरी गर्ने ? अहो ! त्यसरी नै गर्नुपर्ला जसरी मैले अहिलेसम्म पढेका पुस्तक सुरु गरिएका हुन्थे. एउटा छोटो लेखकिय मन्तव्यका साथमा. म पनि त्यस्तै केही लेखेर सुरु गर्नुपर्ला.
To be continued..
सुरु गरौं…. जी.आइ. गुर्जियफ
बिल्जिबबले उसको नातीलाई भनेका कहानीहरु
(मान्छेको जिन्दगीको निष्पक्ष र वस्तुगत समालोचना)
अनुवाद- अनुपम

पान्डुलिपी प्रकाशककहाँ लाँदै गर्दा लेखकले तत्क्षण थपेर दिएको —> बिभिन्न प्रयोग तथा तथ्य संकलनबाट म आफैंले पत्ता लगाएको र पुर्खाहरुले पनि भन्दै आएको एउटा भनाइ भर्खर याद आएको हुनाले थपें…
“ईश्वरका लागी गरिएको प्रार्थना ईश्वरले सुन्छ र उत्तर पनि पठाउँछ, तबमात्र जब यसलाई तीनपल्ट दोहोर्याईन्छ.”
१.पहिलोपल्ट- आफ्नो आमाबाउको आत्माको शान्ती सम्झेर.
२. दोश्रोपल्ट – आफ्नो छिमेकीको हित सम्झेर..
३. र बल्ल – आफ्नो लागी, आफुलाई सम्झेर.
यसैमा रहेर, छापिन तैयार यो मेरो पुस्तकको पहिलो पानामा एउटा सुझाव थप्न चाहें.
यो पुस्तकमा मैले लेखेका कुरा तीनपल्ट पढ्नु.
पहिलोपल्ट — जसरी तपाईं अखबार वा कुनै किताब झटपट पढ्न अभ्यस्त हुनुहुन्छ, त्यसरी.
दोश्रोपल्ट — मानौं कसैलाई पढेर सुनाउँदै, बुझाउँदै हुनुहुन्छ.
र बल्ल —- लेखिएका कुराको गहिराई र अर्थ छिचोल्ने कोशिस गर्दै हुनुहुन्छ, त्यसरी.
यसो गरेमा मात्र मेरो लेखनबाट तपाईंलाइ हुनुपर्ने फाइदा ठ्याक्कै हुन्छ जो म पनि चाहन्छु.

To be contd..
