कता जाँदै छ मेरो देश
बाँकी रहला कि,नरहला केही शेष।
खोई कसलाई पो,दिनु र आखिरमा दोष
बेला हो सम्हाल्नु पर्ने सबैले होश।
कोही भन्दछन् राजा आऊ
कोही भन्दछन् गणतन्त्र बचाऊ।
अहिले सबले जसको विरोध गर्छन्
चुनाव आए उसैलाई भोट दिन्छन्।
सबलाई चाहिने आखिरमा सत्ता हो
मात्र खाने तलब र भत्ता हो।
पार्टीका कार्यकर्ता मात्र जनता हुन् रे
अरू बाँकी सब किरा फट्याङ्ग्रा हुन् रे।
कसैलाई छैन देशको माया
गाभिन बेर नलाग्ला,दायाँ र बायाँ।
खोई कहिले जाग्ने हो हामी नेपाली
तराई, पहाड, हिमाली।
देश डुब्छ नत्र भने।
भ्रष्ट नेता लाई दण्डित गरेनौँ भने॥
भ्रष्ट नेता लाई दण्डित गरेनौँ भने॥


“कसैलाई छैन देशको माया”
Thanks
LikeLike
“कस्लाई चाहिँ हुन्न होला देशको माया !”
LikeLike