मनुष्य पृथ्वी मा किन छ ?

बाघ को जस्तो गर्जन र सिंह को जस्तो ब्यक्तित्व भएका , साधना को तेज ले धपक्क बलेका मुक्त पुरुष सदगुरु स्वामि चंद्रेश लाई एक जना साधक ले विनम्रता पुर्वक प्रश्न टक्राए “गुरुदेव योगी हरु लाई किन प्रकृति चाहिन्छ? किन योगी हरु प्रकृति सङ ज्यादै नजिकिएका हुन्छन् ? यसको तात्पर्य के हो? के रहस्य छ?

स्वामी चंद्रेश ले प्रेमपुर्वक आफ्नो आशिर्वचन पस्किनु भयो…

“मनुष्य पृथ्वी मा किन छ ?

 -आफ्नो स्वभाब लाई विकसित गर्न को लागी । मनुष्य स्वभाव निकै गहिरो छ । समुन्द्र जस्तै । 

कोहि मान्छे समुन्द्र को किनार मा जान्छ, समुद्र हेर्छ र

र घर फर्किन्छ । कोहि मान्छे समुन्द्र मा नुहाउछ । कोहि मान्छे समुन्द्र मा अलि पर सम्म पौडि खेल्छ । तर कोहि कोहि मान्छे हरु समुन्द्र को मुनि गएर रत्न कलेक्ट गर्छ । रन्त खोज्ने हरु ले समुन्द्र मा डुब्कि लगाउछ । 

कसै कसै लाई त समुन्द्र मुनि के रत्न छ थाहा नै छैन ।

त्यस्तै हामि आफ्नो जिन्दगी गुजार्छौँ । खान्छौँ पिउछौँ,सन्तान उत्पादन गर्छौँ , उनीहरुलाई हुर्काउछौँ । दुर्भाग्य यति मै सिमित भैदिन्छौ । तर हामि भित्र साधारण इन्द्रिय बृति को स्वभाव भन्दा गहिरो स्वभाव पनि छ ।

त्यो स्वभाव लाई बुझ्न र विकाश गर्न को लागि हामीलाई प्रकृति चाहिन्छ । प्रकृति को सम्पर्क मा गएपछि मन स्वभाविकत्व लाई प्राप्त गर्छ । मानिस समाज मा अरु को impression मा बाचिरहेको हुन्छ । अरु ले के भन्ला? भन्ने सोचेर समाज सङ डिपेन्डेन्ट हुदै जान्छ । तर प्रकृति मा आएपछि ब्यक्ति स्वयम को नजिक आउछ ।

तिमि प्रकृति को सानिध्य मा गएर रुख, नदि नाला, हिमाल र पहाड लाई नियालेउ भने तिमिभित्र एउटा अपुर्व भक्ति को अनुभुती आइपुग्छ। तिम्रो आत्मा आफ्नो स्थिरता लाई अनुभव गर्छ । “पहाड स्थिर छ जहा कुनै किसिम को अपबित्रता छैन तर हाम्रो मन अत्यन्त चनचल छ” ।

 यो सबै कुराहरु को रियलाइजेसन तिमिलाई भएपछि तिमी भित्र को अप्राकृतिक तत्वहरु र इन्द्रिय बृति हरु “काम, क्रोध लोभ मोह” आदि जसले तिमीलाई गाह्रो पारिराखेको हुन्छ त्यो सबै शान्त भैहाल्छ । 

 

त्यसैले उपनिषद् मा भनिएको छ

“सर्वं खल्विदं ब्रह्म तज्जलानिति शान्त उपासीत। 

अथ खलु क्रतुमयः पुरुषो यथाक्रतुरस्मिल्लोके पुरुषो भवति तथेतः प्रेत्य भवति स क्रतुं कुर्वीत॥”

जसको अर्थ ” जगत मा ब्रह्म परिब्याप्त छ यो बोध तिमीले आफुमा लिएर आउ । ब्रह्म बाहेक अरु केहि कुरा को अस्तित्व नै छैन । यो सुन्दर पृथ्वी ब्रह्म बाटै उत्पत्ति भएको छ, ब्रह्ममय छ र ब्रह्म मै बिलिन हुन्छ ” । प्रकृति मा गएपछि तिमी भित्र को उच्च स्वभाव विकसित हुन्छ । आफ्नो स्वभाव लाई विकसित नगरिकन तिमी उच्च कोटि को आनन्द पाउन सक्दैनौ । दुनियादारि को आनन्द जुन अलि अलि हुन्छ साथि सङ, बन्धु सङ, घर परिवार सङ , त्यो त एकछिन को लागि मात्रै हो । तर तिमि भित्र जुन आध्यात्मिक स्वभाव छ, दैविय स्वभाव छ , मानवीय स्वभाव छ, चिनतनशिलता र मननशिलता छ त्यो गहिराइ मा पुग्न को निम्ति तिमीलाई एकान्त चाहिन्छ । त्यसकारण बैज्ञानिक पनि एकान्त मा जान्छ । कवि पनि एकान्त मा जान्छ । ठुलो ठुलो साहित्य पनि एकान्त मा गएर लेखिएको हुन्छ । योगि लाई त झन एकान्त मा जानुपर्छ किनकि उसलाई त एकान्त परमात्मा लाई चिन्नु छ । परमात्मा परिवार लिएर बसेको हुदैन । “एक ब्रह्म द्वितियो नास्ति “

एक ब्रह्म छ सबत्र परिब्याप्त । उसले आफु लाई अरुको अगाडि देखाउदैन । नाम, जस को लागि अगाडि आउदैन । उ एकान्त मा बसेर आफ्नो सिर्जन काम गरिरहेको छ । त्यसैले सिर्जनशिल ,मननसिल र चिन्तनशिल ब्यक्ति हरु को लागि एकान्त निकै महत्वपूर्ण हुन्छ । यदि तिमी स्थिर भएर एकान्त मा बसेर आनन्द लिन्छौ भने तिम्रो आध्यात्मिक बिकास भएको छ । यदि एकान्त मा बस्न सक्दैनौ तिमिलाई दौडेर बजार मा, भिडमा जानुपर्छ भने तिमीले अझै धेरै धेरै मिहिनेत गर्नुपर्छ तिमी भित्र को चेतना लाई जगाउन लाई । “

                                       

                                 ~स्वामी चन्द्रेश 🦁🇳🇵🔥

                                 

। यसरी साधना ले पल्लबित भएका मुक्त पुरुषको जिवन प्रेरणा को श्रोत हो । 

भिड मा जिवन को श्रेष्ठ सत्य न कहिल्यै पत्ता लाग्छ न त कहिल्यै महसुस हुन्छ । जब हामी एकान्त मा बस्छौ, स्वयं सङ समेत नबोलि बस्छौ तब अस्तित्व का गहिरा रहस्य हरुको हामी मा आविर्भाव हुन्छ । मौनता को निकै ठुलो शक्ति हुन्छ । एकान्तता को निकै ठुलो महत्त्व हुन्छ ।

ए.सि करेन्ट का प्रतिपादक जिनियस बैज्ञानिक “निकोला टेस्ला” ले भनेका छन् ।

“एक्लै, एकान्त मा बस

एकान्त यस्तो भुमि हो जहाँ आइडियाज हरु को जन्म हुन्छ

सबै आविष्कारहरु को सिक्रेट पनि एकान्त नै हो “

 सधै रहस्यमय जिवन बाचेका एकान्त प्रेमी यि बैज्ञानिक ले मलाई पनि आफ्नो दिवाना बनाईछाडे ।

भनिन्छ “उनको एउटा परेवा सङ प्रेम सम्बन्ध थियो रे जस्तो केटा र केटि को बिच मा हुन्छ ।”

नेपालि साहित्य जगतका कन्टेम्पोररि पोएट ” मनु मन्जिल ” ले एउटा अन्तरवार्ता मा भनेका छन “म मेरो जिवन को हरेक दिन निश्चिति समय का लागि कुनै गोप्य ठाउँ मा हराउँछु, आफ्नै एकान्त मा । त्यो कुन ठाउँ हो ? भनेर नसोध्नुहोस । यस्तो गोप्य ठाउँ लाई म “Poet’s secret place to escape ” भन्न रुचाउँछु । त्यहि एकान्त को बगैचा मा मेरो रचना फल्छ फुल्छ । त्यहीँ बाट मैले मेरो रचना टिपेर ल्याउछु ।

त्यसैले जिवन को महत्ता बुझेका हरु ले सधै एकान्त रोजे । आफ्नै स्वभाव मा रमाए ।एकान्त मै आफु फक्रिए र आफ्नो सिर्जना पनि त्यसैको को मलजल ले फूलाए ।

एकान्त र एक्लोपन बाट भाग्नु स्वयम सङ भाग्नु हो ।

आफै सङ डराएर भागेको ब्यक्ति लाई एकान्त मन पर्दैन 

त्यसैले त उसलाई सधै भिड चाहिन्छ ।

स्वयम सङ स्वयम को भेट

एकान्त मा होस्

आफु सङै हजुर को पुनर्मिलन होस्

एकान्त को सुगन्ध मा हजुर को जिवन पल्लबित होस् ।

धन्यवाद 

             ~प्रदिप तिमिल्सिना ।

Unknown's avatar

Author: diyalomasik

Diyalo Masik is for you. Tales, voices and views of the spaces, gaps, and all those which we often skip in our everyday hustles.

3 thoughts on “मनुष्य पृथ्वी मा किन छ ?”

  1. मानिस समाज मा अरु को impression मा बाचिरहेको हुन्छ । अरु ले के भन्ला? भन्ने सोचेर समाज सङ डिपेन्डेन्ट हुदै जान्छ । तर प्रकृति मा आएपछि ब्यक्ति स्वयम को नजिक आउछ ।

    Like

  2. जिवन को महत्ता बुझेका हरु ले सधै एकान्त रोजे ।

    आफ्नै स्वभाव मा रमाए ।एकान्त मै आफु फक्रिए र

    आफ्नो सिर्जना पनि त्यसैको को मलजल ले फूलाए —–कती मिठो!~!!!

    Like

Leave a comment