सुरु गरौं…. जी.आइ. गुर्जियफ 

बिल्जिबबले उसको नातीलाई भनेका कहानीहरु

(मान्छेको जिन्दगीको निष्पक्ष र वस्तुगत समालोचना) 

अनुवाद- अनुपम

 

पान्डुलिपी प्रकाशककहाँ लाँदै गर्दा लेखकले तत्क्षण थपेर दिएको —> बिभिन्न प्रयोग तथा तथ्य संकलनबाट म आफैंले पत्ता लगाएको र पुर्खाहरुले पनि भन्दै आएको एउटा भनाइ भर्खर याद आएको हुनाले थपें…

“ईश्वरका लागी गरिएको प्रार्थना ईश्वरले सुन्छ र उत्तर पनि पठाउँछ, तबमात्र जब यसलाई तीनपल्ट दोहोर्याईन्छ.”

१.पहिलोपल्ट- आफ्नो आमाबाउको आत्माको शान्ती सम्झेर.

२. दोश्रोपल्ट – आफ्नो छिमेकीको हित सम्झेर..

३. र बल्ल – आफ्नो लागी, आफुलाई सम्झेर. 

 

यसैमा रहेर, छापिन तैयार यो मेरो पुस्तकको पहिलो पानामा एउटा सुझाव थप्न चाहें. 

यो पुस्तकमा मैले लेखेका कुरा तीनपल्ट पढ्नु. 

पहिलोपल्ट — जसरी तपाईं अखबार वा कुनै किताब झटपट पढ्न अभ्यस्त हुनुहुन्छ, त्यसरी.

दोश्रोपल्ट — मानौं कसैलाई पढेर सुनाउँदै, बुझाउँदै हुनुहुन्छ.

 

र बल्ल —- लेखिएका कुराको गहिराई र अर्थ छिचोल्ने कोशिस गर्दै हुनुहुन्छ, त्यसरी.

 

यसो गरेमा मात्र मेरो लेखनबाट तपाईंलाइ हुनुपर्ने फाइदा ठ्याक्कै हुन्छ जो म पनि चाहन्छु.  

जर्ज गुर्जियफ

To be contd..

Unknown's avatar

Author: diyalomasik

Diyalo Masik is for you. Tales, voices and views of the spaces, gaps, and all those which we often skip in our everyday hustles.

4 thoughts on “सुरु गरौं…. जी.आइ. गुर्जियफ ”

  1. यो पुस्तक पढ्न पाउनु, नेपालीमा हजुरको अनुवाद.. I am blessed. Thank you!

    Liked by 1 person

  2. When I read /listen to Osho ,his most of pravachan indicate about Gurjiyaf.Now ,my thirst about Gurjiyaf will be fulfill. So I would like to thank to Swami Anoopam Axl!!

    Like

Leave a reply to Rama Dulal Cancel reply