बिल्जिबबले उसको नातीलाई भनेका कहानीहरु
(मान्छेको जिन्दगीको निष्पक्ष र वस्तुगत समालोचना)
अनुवाद- अनुपम

पान्डुलिपी प्रकाशककहाँ लाँदै गर्दा लेखकले तत्क्षण थपेर दिएको —> बिभिन्न प्रयोग तथा तथ्य संकलनबाट म आफैंले पत्ता लगाएको र पुर्खाहरुले पनि भन्दै आएको एउटा भनाइ भर्खर याद आएको हुनाले थपें…
“ईश्वरका लागी गरिएको प्रार्थना ईश्वरले सुन्छ र उत्तर पनि पठाउँछ, तबमात्र जब यसलाई तीनपल्ट दोहोर्याईन्छ.”
१.पहिलोपल्ट- आफ्नो आमाबाउको आत्माको शान्ती सम्झेर.
२. दोश्रोपल्ट – आफ्नो छिमेकीको हित सम्झेर..
३. र बल्ल – आफ्नो लागी, आफुलाई सम्झेर.
यसैमा रहेर, छापिन तैयार यो मेरो पुस्तकको पहिलो पानामा एउटा सुझाव थप्न चाहें.
यो पुस्तकमा मैले लेखेका कुरा तीनपल्ट पढ्नु.
पहिलोपल्ट — जसरी तपाईं अखबार वा कुनै किताब झटपट पढ्न अभ्यस्त हुनुहुन्छ, त्यसरी.
दोश्रोपल्ट — मानौं कसैलाई पढेर सुनाउँदै, बुझाउँदै हुनुहुन्छ.
र बल्ल —- लेखिएका कुराको गहिराई र अर्थ छिचोल्ने कोशिस गर्दै हुनुहुन्छ, त्यसरी.
यसो गरेमा मात्र मेरो लेखनबाट तपाईंलाइ हुनुपर्ने फाइदा ठ्याक्कै हुन्छ जो म पनि चाहन्छु.

To be contd..

great
LikeLiked by 1 person
यो पुस्तक पढ्न पाउनु, नेपालीमा हजुरको अनुवाद.. I am blessed. Thank you!
LikeLiked by 1 person
waiting …….
LikeLike
When I read /listen to Osho ,his most of pravachan indicate about Gurjiyaf.Now ,my thirst about Gurjiyaf will be fulfill. So I would like to thank to Swami Anoopam Axl!!
LikeLike