सपना को शक्ति

बिज्ञान को जगत मा खोज को एकदमै ठुलो महत्त्व हुन्छ ।

जब जब कुनै नयाँ कुरा को डिस्कभरि हुन्छ तब त्यसको पछाडी को कथा निकै चाखलाग्दो हुन्छ ।

भौतिक बिज्ञान मा एउटा नियम छ जसलाई ” फाराडे’ज ल अफ इलेक्ट्रो म्याग्नेटिक इन्डक्सन ” भनिन्छ । यो नियम प्रतिपादन गर्ने बैज्ञानिक हुन “माइकल फाराडे” जसलाई “Prince of experiment” भनेर पनि चिनिन्छ । उनै बैज्ञानिक ले सन १८२५ मा बेन्जिन पत्ता लगाए । बेन्जिन एउट साइक्लिक, एरोमेटिक कम्पाउन्ड हो । जसमा ६ वटा कार्बन र ६ वटा हाइड्रोजन का परमाणु हरु हुन्छन त्यसैले यसको रासायनिक सुत्र हो C6H6 ।

तर अचम्म को कुरा यो थियो कि बेन्जिन पत्ता लागेको ४० बर्ष सम्म पनि त्यसको आणविक संरचना पत्ता लाग्न सकेको थिएन । अझ भनौ बेन्जिन को संरचनात्मक रहस्य खुल्न सकेको थिएन ।

यत्तिकै मा अर्गानिक केमिस्ट्री को जगत मा जर्मनि का एक जना अदभूत बैज्ञानिक को इन्ट्री हुन्छ जसको नाम थियो 

“फ्रेडरिक अगस्ट केकुले”

उनले कुनै पनि हालत मा बेन्जिन को आणविक सरचना पत्ता लगाइ छाड्ने अठोटले कम्मर कसेका थिए । उनले यहि दिशा मा दिल-ओ-जान लगाएर खोज गरिरहेका थिए । उनि आफ्नो काम मा यति सम्म तल्लिन हुन्थे कि काम गर्दा गर्दै थाकेर उनि आफ्नो प्रयोगशाला मै निदाउने गर्थे । बाहिर के भैरहेको छ केहि कुरा को मतलब नगरी आफ्नो कर्म मा डुब्ने उनी रसायन शास्त्र का साधक थिए ।भनिन्छ ” उनले सपना मा पनि याटम्स र मलेक्युल्स नै देख्थे रे ” । 

“एसि दिवानगि से मै चाहुँ तुझे 

जैसे पहलि दफा कोहि पागल हुवा हुवा मै”

आफुले चाहेको कुरा प्राप्त गर्ने जुनुन कै कारण आफ्नो कर्म मा पागलपन आयो भने दिन मात्र होइन रात पनि सहयोगी बन्दो रहेछ । बिपना मात्र होइन सपना पनि सहयोगी बन्दो रहेछ । एक दिन को कुरा हो उनले आफ्नै प्रयोगशाला मा थकित अवस्थामा न्याप लिने क्रममा एउटा अदभूत सपना देखे जसले रसायन शास्त्र को जगत मा अतुलनीय योगदान दियो ।उनले यस्तो बिचित्र सपना देखे जहाँ एउटा सर्प ले आफ्नै पुच्छर चपाइरहेका थियो । त्यो आकृतिमा एउटा रिङ बनिरहेको थियो जसलाई “Ouroboros” भनेर पनि चिनिन्छ ।

यो सपना लाई मनोबिज्ञान सङ जोडेर हेरौ । साइको अन्यालसिस का पिता मानिने सिग्मन्ड फ्रायड ले आफ्नो “फ्राइड थेवरी अफ ड्रिम” मा उल्लेख गरेका छन ” सपना ले अर्थ बोकेको हुन्छ तर त्यो अर्थ चै संकेत को रुप मा आएको हुन्छ । सपना भित्र लुकेको अर्थ लाई ल्याटेन्ट कन्टेन्ट भनिन्छ । केकुले निद्रा बाट बिउझिए र आफु ले सपनामा देखेको दृश्य लाई नै बेन्जिन को आणविक संरचना को रुप मा स्थापित गरे जसमा ६ वटा कार्बन र ६ वटा हाइड्रोजन साइक्लिक स्ट्रक्चर मा अरेन्ज भएका हुन्छन ।

बेन्जिन को संरचना साइक्लिक र प्लानर हुनु को पछाडि को कारण त्यसको केमिकल बोन्डिङ र मलेक्युलर जियोमेट्रि मा निहित छ । ६ वटै कार्बन-कार्बन बोन्ड को बोन्ड लेन्थ समान (१.३८ A°) हुन्छ । यसरी सपनाको सहायता ले उनले बर्षाै सम्म अल्झिएको रहस्य को गाँठो फुकाए र अर्गानिक केमिस्ट्री को जगत का कहिल्यै नअस्ताउने चम्किलो नक्षत्र बने । केकुले लाई सपना ले समेत साथ दियो ।

त्यसैले उनले भनेर गए

” सपना देख्नु पर्छ 

  तब सत्य सम्म पुग्न सक्ने सम्भावना हुन्छ ।

~ प्रदिप तिमिल्सिना

Unknown's avatar

Author: diyalomasik

Diyalo Masik is for you. Tales, voices and views of the spaces, gaps, and all those which we often skip in our everyday hustles.

2 thoughts on “सपना को शक्ति”

  1. आफुले चाहेको कुरा प्राप्त गर्ने जुनुन कै कारण आफ्नो कर्म मा पागलपन आयो भने दिन मात्र होइन रात पनि सहयोगी बन्दो रहेछ । बिपना मात्र होइन सपना पनि सहयोगी बन्दो रहेछ ।

    Like

Leave a reply to मानव Cancel reply