प्रथम अध्याय

विचारको जागरण 

अनुवाद- अनुपम

मैले होसपूर्वक बाँच्ने क्रममा अनुभव गरेको कुरा, चाहे जुनसुकै समय वा काल किन नहोस्, मान्छे कुनै नयाँ कुरा सुरु गर्दा मुखैले वा कम्तीमा मनमनै भएपनी केही भन्ने गर्छन् जो त्यस समयका शिक्षित अशिक्षित सबैले समान अर्थमा बुझ्छन्. त्यो भनाईको सार लगभग यस्तो हुन्छ, “हे ईश्वर !” 

यसर्थ, लेखनको यो कार्य जो मेरो लागी  नितान्त नौलो हो, सुरु गर्नु अघी म पनि आफ्नो सम्पूर्णताका साथ त्यसै गर्न चाहन्छु. यसरी सुरु गरिएको हुनाले मेरो लेखन कार्य सहझै अघी बढ्नेछ भन्नेमा म ढुक्क छु. सुरु त गरियो, अब बाँकी के कस्तो हुनेछ भन्ने बारेमा म अहिले यती मात्र भन्न सक्छु जो एकपल्ट एक दृष्टीविहिनले भनेको थियो, “हेरौंला.” सर्वप्रथम म मेरो दाहिने हात छातीमा राखेर भन्न चाहन्छु व्यक्तिगत रुपमा लेख्न मेरो खासै चासो हैन. हालै भएको एउटा दुर्घटनाका कारण मेरो दाहिने हात केही घाइते पनि भएको छ. तथापी परिस्थिती नै यस्तो सिर्जित हुन गयो, दुर्घटनावस होस् वा कुनै वाह्य तत्वले नै चाहेर हो, मैले लेख्नै पर्ने भयो. म मात्र यती भन्न सक्छु, यस परिस्थितीले मैले केही अर्थपूर्ण लेखौं भन्ने चाहेको हो न की मान्छे सुत्नु अघी पढ्ने केही लेखौं.

जे होस्, ल अब लेख्न सुरु गरौँ. तर कसरी सुरु गर्ने त ?

कतै यो सोचले फेरी तीन हप्ता अघिको उही नमिठो संवेदना दोहोर्याउने त छैन जब म यही काम कसरी सुरु गर्ने भनेर सोच्दै थिएँ ?

त्यसवेलाको त्यो संवेदनाको बारेमा अहिले बताउन पर्दा म केवल यती भन्न सक्छु, “आफ्नै विचारको बाढीमा डुबीएला भन्ने डर.

यो डरबाट निस्किन मैले त्यही उपाय लगाउनु पर्ने हुन्छ जो सबै मान्छे आफ्नो विवेकको आवाज दबाउन अपनाउने गर्छन्, अर्थात् गर्नैपर्ने काम नगरेर त्यस कुराले चित्त पोलेको खण्डमा भन्ने गर्छन्, “भोली गर्छु.” 

म यही गर्न सक्थें यसपाली पनि. यो मान्ने थिएँ की मसँग समय प्रसस्त छ. तर यसपाली त्यस्तो रहेन कुरा. यसर्थ, पड्किने अवस्था आएपनी मैले लेख्नु नै छ. तर सुरु कसरी गर्ने ? अहो ! त्यसरी नै गर्नुपर्ला जसरी मैले अहिलेसम्म पढेका पुस्तक सुरु गरिएका हुन्थे. एउटा छोटो लेखकिय मन्तव्यका साथमा. म पनि त्यस्तै केही लेखेर सुरु गर्नुपर्ला. 

 

To be continued..

Unknown's avatar

Author: diyalomasik

Diyalo Masik is for you. Tales, voices and views of the spaces, gaps, and all those which we often skip in our everyday hustles.

6 thoughts on “प्रथम अध्याय”

  1. (“आफ्नै विचारको बाढीमा डुबीएला भन्ने डर.” …. so relatable)

    Waiting to read more!!

    Liked by 1 person

Leave a reply to Rama Dulal Cancel reply