एक चुट्की जुनकिरी

Written by: ekata

पर परेको पानि

पर परेको पानि

झरना सरि त्यो झरी

माथि बसी मुस्कुराउने

आहा भनि यी रमाउने आँखा

सम्झनछु म

कालो बादल को मुनि पर्दा

लाग्छ बग्छु कि कतै म

हरेक क्षण यो हृदय मा झरी पर्दा

समाउछु फेरी ती आहा गाउने आँखा

बस्छु अनि म

चडि भित्रि पहाडको उचाईमा

जो छ जहाँ, दृश्य फरक उसको

जो छ जहाँ, दृश्य फरक उसको

धर्ति लाइ आकाश, निलो सगर जस्तो

भित्र ऊ डब्बा मा, बाहिर आकाश बोक्रा जस्तो

उड्ने चरा लाई आकाश अनन्त गगन जस्तो

कोहि बादल माथि पुगी देख्छन तल

बादल धर्ति एक जस्तो

कोहि बादल तल उडछन,

आकाश बादल सरि, तल धर्ति ऊसको

सबै काटी कहिँ माथि जाला येदि कोइ त

होला दिन र रत उस्तै ऊसको

जो बस्छ जहाँ, दृश्य फरक ऊसको

प्रयाश मेरो

मन्दिर हो यो सरिर

भित्र देवता यसको

हर क्षण सफा राखने

प्रयाश मेरो

हिउँ परेको एक दिन

प्रायः हिउँ परेको एक दिन पछि घमाइलो दिन हुन्छ

र यदि आकाश स्पष्ट नीलो छ भने,

उज्यालो, हिउँको चम्किलो सेतोसँग थप चम्कन्छ

र यदि त्यहाँ ठूला चट्टानहरू पनि छन् भने,

तिनीहरूबाट पग्लिएको हिउँले वर्षाको रूप दिन्छ,

मन्द हावासँग खेल्छ र,

यसलाई तपाईंको आँखातिर उडाउँछ।

As if, the gazing was mutual….

यसरी झारी देउ

यसरी झारी देउ ।

पात जसरी,

हावा सँगै,

खुल्ला आकाशमा,

तिमी हिँड्ने बाटोतिरै फरफराउ

रहुञ्जेल आकार

म को ।

चल चले

मन हि मन तुझे याद किया

हावा सा तुने अवाज दिया

“चल चले”

Unknown's avatar

Author: diyalomasik

Diyalo Masik is for you. Tales, voices and views of the spaces, gaps, and all those which we often skip in our everyday hustles.

4 thoughts on “एक चुट्की जुनकिरी”

Leave a reply to Rama Dulal Cancel reply