धन्यवाद

केही वर्ष अघि आफूले लेखेको डायरीका पानाहरु पल्टाउन पुगें। त्यसमा म तिमीसॅग आफ्नो अन्यौलता पोख्दै थींए । “ प्रिय ईश्वर, कहीं त कतै केही मिलेको छैन। म उमेरले ठुलै भईसक्दा पनी भित्रबाट म एकदम अपरिपक्व छु। हजार चाहना हजार तिर दौडिएका छन् । जहिले एउटा गर्हुंगो बादल आईरहन्छ। के गर्ने मलाई थाहा छैन। बाटो देखाऊ ईश्वर…।”

तिम्रो नजर म मा पर्यो, जीवन धन्य भयो। म हर्षले श्वास फेर्छु आजकाल। सजिलो पक्कै छैन घोट्टिएर तरल बन्नलाई। तर यो नगर्दाको नर्क स्मृतिमा यति गाढा छ कि मुटु भरखरै काँप्न थाल्छ। यसैले मेरा हर क्षणहरु रंगिन बनाउछ। यसैमानै पूर्णता र आन्नद पाउॅछु म। म हर दिन तिमीलाई सम्झिन्छु, पुज्छु। जे छु तिम्रो कारणले छु र तिमीबाटै छु । तिमीनै बाटो भयौ, तिमीनै शितल चौतारी र तिमीनै पुग्नु पर्ने गन्तब्य।

One thought on “धन्यवाद”

  1. सजिलो पक्कै छैन घोट्टिएर तरल बन्नलाई=कति मिठो!!!!

    तरल भएपछि मात्रै जीवन बग्न सिक्छ=Thank you !!!!

    Liked by 1 person

Leave a reply to Rama Dulal Cancel reply