समर्पण को अर्को नाम – गौरी

हुन त, श्रद्धेय बि.पि ज्यु को जिवन को कुनै एउटा काल खण्ड मा घटेको घटना को टुक्रा मा अडेको, स्मृति को बिउ टिपेर  कल्पनामय जगत मा उमारेको एउटा कथा हो यो । यद्यपि, केहि यथार्थ र केहि कल्पना का आधार मा उम्रिएको “कथा मात्र हो” भन्ने जानेर त्यसको सिमितता बोध हुँदा हुँदै पनि एक किसिम को मिठो साइनो गाँसिएको हुन्छ कथा का पात्र हरु सङ ।

“गौरी” एक त्यस्ति पात्र हुन् जसको कारुणिक कथा पढेर मेरो हृदय पग्लिन पुग्यो र नयन रसाउँदै बेदना तप्प तप्प भुइँ मा पोखिन थाल्यो ।

“तिम्रो मेरो माया को फूल माला जस्तै गाँस्न पाए

सारा दु:ख हास्दै झेल्थे तिम्रो बनि बाँच्न पाए “

यहि एउटा कामना थियो गौरी का मन मा, नरेन्द्र प्रति । अरु केहि कामना उम्रेन उनको हृदय मा । प्रेम र समर्पण ले झुलेको ब्यक्ति का कामना न्यून हुँदा हुदोरहेछन् । नरेन्द्र एक बचन मिठो बोलिदिए र प्रेम ले एक दृस्ठि हेरिदिए पुग्थ्यो गौरी लाई तर विविध उल्झन मा परेको त्यो प्रेम को कोपिला कहिल्यै फक्रिन पाएन । 

आभायुक्त ब्यक्तित्व को बल मा गाउँ का थुप्रै नर नारी को हृदय जितेका ब्यक्ति थिए नरेन्द्र । निकै हिफाजत गरेर हुर्काएको उनको कालो कपाल का गुच्छा सुस्तरि गर्दन सम्म ओर्लिएर झुलिरहन्थे । कान मा मुन्द्रा सोभायमान भै झुन्डिएका हुन्थे । सफा सिलिक्क परेको सेतो कुर्ता र धोती पहिरिएर, नयाँ दुपट्टा काध मा भिरेर, तेजोमय भएर निकै जतन ले उनि चल्थे । यति आकर्षक ब्यक्तित्व कसरि धर्मपत्नि लाई बेवास्ता गर्न सक्ला र गाउँ का चुलबुले केटाकेटी हरु को बिनोदप्रिय कसो बन्न नसक्ला र? यद्यपि ठिक बिपरित भयो ।

बिबाह गरेर ल्याएकि आफ्नी पत्नि लाई नरेन्द्र बेवास्ता गर्थे ।

भलै गौरी को शरीर, बालक काल मै स्थिर रहेर हुर्किन बिर्सिएको जस्तो भएतापनि प्रेम निभाउन र श्रद्धा, भक्ति अर्पण गर्न उनि सिपालु थिइन् ।

सधैं सिँगार गरेर बस्थिन् , कपाल चिल्लो पारेर टम्म कोरेकी, सिउँदोमा सिन्दुरको गाढा रेखा, स्निग्ध गोरो फराकिलो निधारमा एउटा ठुलो चन्दन को टिका ।

आफ्ना पति, परमेश्वर अनि एक धर्को सिन्दुर को रक्षक मानेर नरेन्द्र लाई प्रभावित गर्ने हेतु ले गौरी बाध्यवादन र संगीत सिक्ने, घर मै शिक्षक राखेर अध्ययन गर्ने, श्रिङ्गार धारण गर्ने आदि आदि क्रिया मा मग्न हुन्थिन् । सानो बाबु लाई फकाएर सुपारी का टुक्रा उपहार पठाउथिन् नरेन्द्र लाई तर उनले अस्विकार गर्थे ।

गौरी को उपहार मात्र होइन प्रेम पनि अस्विकार गरेर बदाम को कोसा जस्तो सुन्दर चम्किलो नयन भएकी ज्योतिर्मय मुस्कान को चमक घारण गरेकि “मुनरिया” नाम गरेकि दासि सङ सल्किएका थिए उनि । गौरी का तमाम कोसिस र प्रेम को न्यानो ले नरेन्द्र को हृदय तताउन सकेन ।  हर क्षण बेवास्ता मात्रै गर्थे गौरी लाई । 

आफ्ना सारा प्रयास बिफल भएको देखेर अनि बिबाह गरेर आएकि एउटि अबोध नारी लाई आफ्ना पतिको यो बेवास्ता असहाय भएर गौरी आत्महत्या गर्न तयार हुन्छिन् । सौभाग्य बस तदनुसार को क्रियाकलाप बाट गौरी लाई इस्वर ले जोगाएका थिए ।

एकदिन को कुरा हो नरेन्द्र, मुनरिया लाई लिएर फरार हुन्छन् । गाउँ भरि गाँइगुँइ हुन्छ । गौरी एक्लो हुन पुग्छिन् । हुन त नरेन्द्र घर मै हुँदा पनि उनि भित्र एक्लोपन ले नै निवास गरेको थियो 

“फ़ासले ऐसे भी होंगे ये कभी सोचा न था

सामने बैठा था मेरे और वो मेरा न था

मस्लहत ने अजनबी हम को बनाया था ‘अदीम’

वर्ना कब इक दूसरे को हम ने पहचाना न था”

यस्तो थियो गौरी र नरेन्द्र को सम्बन्ध ।

मुनरिया सङ दुर कतै “बाराणसि” मा घरजम गरेर बस्न पुगेका नरेन्द्रको शरीर तत्पश्चात फस्टाएको हुन्छ । उनि भन्छन् मलाई गृहस्थि मा मनग्गे छ ।

केहि बेर कथा मा गौरी को जिक्र भेटिदैन । मुनरिता र नरेन्द्र प्रणय को न्यानो मा आनन्द महसुस गर्दै दिन बिताइरहेका हुन्छन् । अचानक नरेन्द्र क्षय रोग बाट पिडित हुन्छन् । कष्ट को प्रलय सागर मा डुब्छन् उनि । मुनरिया भन्छे ” नाथ हजुर गाउँ फर्किनुहोस् । गौरी ले जोगाएर राखेको गृहस्थि को न्यानो थलो मा । सायद गाउँ फर्केपछि हजुर को स्थिति सहज हुन्छ कि ? सुरुवात मा केहि हठ गरेता पनि नरेन्द्र फर्किने निधो गर्छन् । 

बयल गाढा चढेर गौरी को जतन ले सुरक्षीत, सानो गृहस्थि थलो मा पुग्छन् । 

अँाखा मा उस्तै तेज र गर्दन मा झुलिरहने काला केश का गुच्छा । गौरी लाई चिन्न समय लागेन ।

आनन्द को बाढि आयो उनको जिवन मा । खुशी को सिमा रहेन । अचानक सारीको आँचल शिरमा राखेर धुँडा टेक्दै नरेन्द्र को पाउमा शिर राखिदिन्छिन् । बिगत को सम्पुर्ण बेवास्ता र अपहेलता हरु लाई गौरी नजरअन्दाज गरिदिन्छिन् । रत्तिभर गुनासो मन मा नलिइ नरेन्द्र को सेवा मा समर्पित भैदिन्छिन् । ब्यथा को चाप ले सिकिस्त नरेन्द्र ले, गौरी को सहारा को हरपल चाहा गर्छन् । डाक्टर को सल्लाह बमोजिम ओखती जुटाउने, र बिरामी पतिको हेरचाह गर्ने अनि साथै बसि सहल्याउने कर्म मा गौरी निमग्न हुन्छिन् । 

बाख्रि को दुध फलदायी हुन्छ भन्ने डाक्टर को निर्देशना लाई मनन गर्दै गौरी ले पल्लो गाउँ बाट एउटा बाख्रि ल्याएर पाल्न थाल्छिन् ।

माछा को तेल उपयोगी हुन्छ भनेर, तयार पारेर खुवाउछिन् ।

नरेन्द्र भन्छन् “गौरी, एक क्षण पनि म बाट दुर नहुनु ” 

म यही छु नि नाथ , गौरी भन्छिन् । यतिका बर्ष बेवास्ता र बियोग मा कटाएकी गौरी लाई नरेन्द्र सङ का हरेक पल मुल्यवान लाग्छन् र अहोभाव ले हृदय भरेर नरेन्द्र को साथ मा रम्दै उनको सेवा मा तल्लिन हुन्छिन् ।

चैत को महिना हुन्छ । गौरी लाई गित गाउन आग्रह गर्दै बिरामी नरेन्द्र इसराज बजाउने कोशिस गर्छन् । बिरामी तन र मन लाई आराम को हलुको मलहम लगाइदिने गरि गौरी ले मधुर स्वर मा गाउछिन्

“चैत है सखी फुलल बेली

भँवरा करत गुँबजार हो ।”

पति को साहचर्य मा आनन्द मग्न हुँदै गौरी दिन कटाइरहेकि हुन्छिन् । क्षय ले च्याप्दै गएपछि एक दिन नरेन्द्र सदा का लागि अस्ताएर गए तर गौरी भने सधवा को रुप मै कायम राखिन आफुलाई ।

ऊनी भन्थिन् ” नरेन्द्र मरेका छैनन् म मा समाहित भएका छन् । म भित्र छन् । मलाई सदा का लागि आफ्नो प्रेम को न्यानो दिएर सौभाग्यवति बनाएका छन् ।”

यस्तो भक्तिमय प्रेम गौरी ले नरेन्द्र लाई गरिन् ।

न त गुनासो न त केहि कुरा को माग । मात्र प्रेम , प्रेम मात्र ।

भक्त ले ईस्वर को सेवा गरे जस्तो अद्भुत प्रेम ।

अन्तिम पृष्ठ सम्म आईपुग्दा उसका प्रति श्रद्धा र समर्पण ले भरिदिएर पुरै झुकाइदियो । उनको समर्पण को कथा सदा सदा का लागि मेरो हृदय को कुना मा जिवित रहनेछ ।

गौरी तिमी महान छौ ।

धेरै प्रेम र श्रद्धा तिमी प्रति ।

~ प्रदिप तिमिल्सिना ।

2 thoughts on “समर्पण को अर्को नाम – गौरी”

  1. प्रेमसमर्पण ले झुलेको ब्यक्ति का कामना न्यून हुँदा हुदोरहेछन्–आशु नै आयो–मिठो!!

    Liked by 1 person

Leave a reply to मानव समर्पण Cancel reply