“सायन्स भर्सेज पोएट्रि”

बिहानी घामले सुस्तरि छुदा, काउकुती ले मात्तिने कलिला फुल हरु जस्तै कोमल, मत्त, अनि क्युरियस थिए म त्यो बेला । भरखरै १४ बर्स लागेको म कक्षा १० मा पढ्दै थिए । मलाई यो जगत को तानावाना भौतिक बिज्ञान का नियम मा उनेर सिकाउने एक जना गुरु थिए । उनले बिज्ञान पढाउदा कहिले काहीँ आफ्नो डाएरी पल्टाएर कबिता बाचन पनि गर्थे । कहिले काहीँ लभ पोइम पनि हान्थे बुढा ले । उनको यो साहित्य सृजना गर्ने आयाम थाहा पाएर म उनिबाट बहुतै प्रभावित भएको थिए । कहिले काहीँ केही अग्रज दाइहरु ले मन परेकी मायालु केटि को याद मा चुर्लुम्म डुबेर लेखेका कविता हरु सुनाउने गर्थे । भरखर भरखर मोबाइल फोन पुग्दै थियो । सिडिएमए बाट मोबाइल फोन मा ट्रान्जिसन हुने फेज थियो । ईन्टरनेट ले विश्व लाई निलिसकेको थिएन । म स्कुल को लाइब्रेरी बाट विभिन्न पुस्तक हरु लगेर पढ्थे । धेरै जसो ती पुस्तक साहित्य सङ रिलेटेड हुन्थे । बिज्ञान पढाउने र कविता कन्सर्ट हान्ने गुरु देखि कविता छापिएर प्रकाशित भएका ती पुस्तक हरु ले म भित्र काब्य सृजना को मोह पसाइदिए ।

कोसिस चै गर्थे तर लेख्न केहि नआउने

हाम्रै महाकवी देवकोटा ले साकुन्तल महाकाब्य मा लेखेका छन् 

“गाऊ आज भनी लिएँ कलम को वीणा यसो हात मा

चल्थ्यो हात कहाँ कठ्याङ्गरिन गयो अज्ञान का रात मा “

यस्तै हुन्थ्यो । भाव नपोखिए सम्म पाना मा- शब्द खल्ला हुने रहेछन । SLC पास भएर म कक्षा ११ मा बिज्ञान विषय पढ्न भर्ना भए । एक जना साथी भेटिए कक्षा मा जो साहित्य सृजना मा डुब्ने ब्यक्ती मानिन्थे । कलेज भरी उनको विशेष हाइट थियो । एउटा अलग पहिचान ।

उनी बेला बेला आफुले लेखेका कविता र गजल बाचन गर्ने गर्थे कक्षा मा अनि कलेज का कार्यक्रम हरु मा । चन्चले मन, चुलबुले मन । जीवन का विभिन्न आयाम हरु छुन मन लाग्ने कहाँ कहाँ पुग्न मन लाग्ने । ओठ मा मुस्कान अनि अनुहार मा चमक र जुँगाको हल्का रेखी । त्यसबेला म टिनएज मा थिए । जति बेला पनि खै के कुरा ले हो आफू भित्र हलचल गरिदिने आनन्द आउने । त्यति बेला नै हो मैले पहिलो पटक कसैलाई मन पराएको । मन पराएको मान्छे लाई आफ्नो हृदय भित्र का समग्र भावना हरु लाई प्रेम को धागो ले बुनेर बनाएको टेपेस्ट्री नै कविता हो भन्ने मैले बुझे त्यस बेला । तर पनि लेख्न चै आएन । लभ सङ र लभ पोएम खुब सुनिन्थ्यो । शरद ऋतु को आगमन अनि धान का बाला को सुगन्ध टिपेर उड्ने बदमास हावा थियो वरिपरि । श्वास लिदा हरेक चोटि धान का बाला र चाडपर्व को महक बास्ना आउने । यस्तै शरदिय पल मा आफ्नो कौमार्य छरेर मुसुमुसु मुस्कुराउदै समय बिताइरहेको थिए । त्यहि समय को कुनै पल मा अन्जान मै केहि मिठो एहसास ले दिल लाई स्पर्श गर्दै थियो ।

” इक अजनबी सा एहसास दिल को सताए

शायद यही तो प्यार है

बेताबियों में धड़कन मेरी चैन पाए

शायद यही तो प्यार है”

त्यहि नविन अनुभुती सायद प्रेम थियो । कतै पढेको थिए ” प्रेम ले सबै लाई कवि बनाइदिन्छ ” । प्रेम को स्पर्श पाएको हृदय मा काव्य को बिजारोपण हुदोरहेछ ।

” दुनिया किसी के प्यार में जन्नत से कम नहीं

एक दिलरुबा है दिल में जो हूरों से कम नहीं” । गजल गायन का बादशाह मानिने पाकिस्तानी गायक मेहदि हसन ले गाउनु भएजस्तै प्रेम मा चुर्लुम्म डुबेको बेला दुनिया नै स्वर्ग लाग्ने रहेछ । वरिपरि जे जति छ सबैले आनन्द को सुवास बोकि आउने रहेछ । यसरि नै बित्यो मेरो टिनएज को एउटा खन्ड । साहित्य सङ्सङै बिज्ञान मा पनि गहिरो रुचि राख्ने मैले दुबै विधा लाई प्यारलल्लि अध्ययन गर्दै आएको छु । तर बिज्ञान को भाषा कविता को भन्दा फरक हो । कवि ले जुन भाषा मा बोल्छ त्यो भाषा मा कुनै बैज्ञानिक ले बोल्दैन । कविता भाव को सुन्दर अभिव्यक्ति हो भने बिज्ञान तर्क को । कविता ले हृदय को गहिराई मा पुगेर भाव टिपेर ल्याउछ भने बिज्ञान ले यो जगत को तानावाना को कारण टिपेर ल्याउछ । कविता शुन्य को स्वर हो। यो शुन्य बाट आएको सुन्दर अभिब्यक्ति हो । त्यसैले उपनिषद् का ऋषि हरु समाधिको शुन्यता मा डुबेको बेला उनिहरु भित्र जे कुरा को प्रादुर्भाव भयो त्यो सबै काब्य कै आकाश बाट उनिहरु को मौन मा अवतरण भएको हो । मलाई निकै प्यारा लाग्ने , एकदमै कोमल ब्यक्तित्व भएका र आफ्ना सबै अभिव्यक्ति हरु मुस्कुराएरै दिने कवि हुन् मनु मन्जिल ।

उनि भन्छन ” म साहित्य लाई मुक्ति ठान्छु र त्यसका कारण हरु छन ।” कारण थाहा पाउन चाहाने हरुले उनको कविता को किताब पढ्नु ।

भारत का प्रसिद्ध कवि ‘गुल्जार’ ले आफ्नो “रुह” कबिता मा ” जून लखेट्न उडेका बादलहरु” भनेर लेखेका छन् । के बादल हरु ज्ून लखेट्न कै लागि उडेका हुन त ? जब कि बादल हरु पृथ्वी को बायुमण्डलमा हुन्छन तर पृथ्वी को बायुमण्डल देखि चन्द्रमा सम्म को दुरी ३७४,४०० किलोमीटर छ र पृथ्वी र चन्द्रमा को बिच मा भ्याकुम अर्थात शुन्य हुन्छ । बैज्ञानिक दृस्ठिकोण बाट हेर्दा “गुल्जार” को कविता गलत साबित हुन्छ । हाम्रै महाकवी देवकोटा ले “म देख्दछु ढुङ्गा लाई फूल ” भनेर लेखेका छन् । देवकोटा ले ढुङ्गा लाई किन र कुन आघार मा फूल देखे होलान् ? नेपाली साहित्य का अर्का नक्षत्र “भुपी शेरचन” ले आफ्नो “ए जून ” कविता मा लेखेका छन् 

” मेरो जस्तै ए जुन झुठो हो तिम्रो हासो पनि

फरक छैन  तिम्रो र मेरो

भित्र भित्र रोएर पनि बाहिर बाट हास्ने बानिमा

फरक यति मात्र छ हामि दुइटाको कहानि मा

कि तिमि रुन्छौ र तिम्रो आँसु शित बन्छ 

म रुन्छु र मेरो आसु गित बन्छ ।”

के जून रोएरै शीत बन्ने हो त ? शीत बन्छ हावा मा लुकेर रहेको बाफ चिसिएर । यसरी हेर्दा भुपी को “ए जून” कविता पनि तर्कहिन देखिन्छ । समकालीन नेपालि साहित्य का सशक्त कवि, सार्क युवा पुरस्कार २०११ समेत जितेका मनु मन्जिल कै निकै प्यारो पुस्तक छ “ल्यामपोस्ट बाट खसेको जून” । ल्यामपोस्ट बाट जून खस्न सम्भव छ त ? बैज्ञानिक आधार माग्ने हो भने मनु मन्जिल को पुस्तक को शिर्षक नै गलत हुन्छ । यधपी कविता मा प्रयोग भएका यि बिम्ब हरु ले कवि हरु को अभिव्यक्ति मा अझै सुगन्ध थपेका छन् ।

काव्यात्मक अभिव्यक्ति मा बिज्ञान खोज्नु गलत हो । यदि त्यसमा बिज्ञान खोज्ने हो भने काव्य को अपमान हुन्छ र त्यसको सौन्दर्य पनि बिलाएर जान्छ । कविता मा प्रयोग हुने मेटाफोर नै कविता को सौन्दर्य को कडी हो । मेटाफोर अबैज्ञानिक र तर्क हिन हुन सक्छ तर त्यहि तर्क हिनता मा सौन्दर्य लुकेको हुन्छ । कुनै कवि ले हिमाल हेरेर भन्छ ” मुस्कुराइरहेको हिमाल ” । बैज्ञानिक ले यो अभिव्यक्ति को खण्डन गर्दै सोध्छ ” हिमाल निर्जीव कुरा हो । निर्जीव बस्तु कसरि मुस्कुराउछ ?” कवि ले हिमाल मुस्कुराउछ भन्ने मेटाफोर ले हिमाल को सौन्दर्य लाई बर्णन गर्न खोजेको हो ।

कविता को भाषा बिज्ञान को भन्दा फरक हो र हुनुपर्छ किनकि बिज्ञान ले सत्य को नजिक पुर्याउछ तर कविता ले ईस्वर को । यदि कविता को भाषा बिज्ञान कै टु पोइन्ट वो भैदियो भने त्यसले हाम्रो मन मस्तिष्क मा छर्ने जुन शान्ति र आनन्द हो त्यो हराएर जान्छ र अन्ततोगत्वा साहित्य पनि बिज्ञान जस्तै दर्शनढुङ्गा भैजान्छ ।

2 thoughts on ““सायन्स भर्सेज पोएट्रि””

  1. काव्यात्मक अभिव्यक्ति मा बिज्ञान खोज्नु गलत हो । यदि त्यसमा बिज्ञान खोज्ने हो भने काव्य को अपमान हुन्छ र त्यसको सौन्दर्य पनि बिलाएर जान्छ । कविता मा प्रयोग हुने मेटाफोर नै कविता को सौन्दर्य को कडी हो । मेटाफोर अबैज्ञानिक र तर्क हिन हुन सक्छ तर त्यहि तर्क हिनता मा सौन्दर्य लुकेको हुन्छ ।

    Like

Leave a reply to Being HereNow Cancel reply