मलाई बगैंचामा खेल्न, हेरिरहन, बिरुवालाई पानी हाल्न, गोडमेल गर्न एकदम रमाइलो लाग्छ। हाम्रो घरको कम्पाउन्ड भित्रै सानो बगैंचा छ। त्यहाँ थुप्रै किसिमका फूल, साग, तरकारी र अनेक जरिबुटी जन्य बोटबिरुवाहरु छन्। बिहानै जब म ब्यूँझन्छु, सबैभन्दा पहिले म बगैंचामा जान्छु।
गुलाव, हिविस्कस्, पारिजात लगायतका अनेक फूलहरू मुस्कुराइरहेका हुन्छन्। म तिनीहरूलाई “शुभ प्रभात !” भन्छु।
बगैंचामा फर्सीको मुन्टा यताउता फैलिरहेका छन्। सिमीका लहरा थाङ्ग्रा चढ्दै छन्। हामीले लगाएको ठडियाको साग हरियो र ताजै देखिन्छ। घ्यूकुमारीको बिरुवामा पानी झर्दा त्यसका पात टल्किन्छन्। त्यहाँ बुद्धचित्त र रुद्राक्षका बोट पनि छन्। ती बोटहरू मलाई केही गम्भीर र ध्यानमग्नजस्ता लाग्छन् । तीनले “ आऊ ! शान्त रहु, छेउमै बस।” भनिरहेका जस्तो लाग्छ।
बोझोको बिरुवा सुँघ्दा नाकै सुगन्धित हुन्छ। उखुको बोटमा छोएर हेर्दा लाग्छ, भित्र मिठास लुकेको छ। म ती सबै बिरुवाहरूलाई पानी हाल्दछु र माया गर्छु।
बाबाले भनेजस्तै, ती बोटबिरुवाहरुका लागि हामी अर्गानिक मल प्रयोग गर्छौं । त्यसैले बिरुवाहरू खुसी देखिन्छन्।
मलाई लाग्छ, मेरो सानो बगैंचा पनि मसँग कुरा गर्छ। जब म माया गर्छु, उसले हरियाली फिँजाएर जवाफ दिन्छ। यही बगैंचाले मलाई सिकाएको छ, माया गर, आउने गर, अनि प्रकृतिसँग साथी बन।
(संकल्प, अनुशासन, मेहनत, श्रद्धा, समर्पण र अध्यात्मको प्रेरणादायी कथा)
‘विराट कोहली’ आजको दिनमा क्रिकेटप्रेमी हरुको मन जित्ने नाम हो। उनी विश्वका एकजना चर्चित र सफल क्रिकेट खेलाडी हुन्। तर उनको सफलताको गहिरो रहस्य केवल अभ्यास र बल होइन, ईश्वरप्रतिको श्रद्धा, विश्वास, र आध्यात्मिक मार्गप्रति समर्पण पनि हो।
विराटको जन्म भारतको दिल्लीमा भयो। सानै उमेरदेखि उनलाई क्रिकेट अत्यन्त मनपर्थ्यो। उनी बिहान सबेरै उठ्थे, विद्यालय जान्थे, अनि थकाइ नमानिकन क्रिकेटमा कडा अभ्यास गर्थे। बाल्यकालदेखि नै उनी अनुशासनमा रमाउँथे र हृदयदेखि नै खेल्थे।
उनी धेरै वर्षदेखि RCB (Royal Challengers Bangalore) टोलीमा खेल्दै आएका छन्। विराटको महत्वपूर्ण साहसमा, सन् २०२५ मा RCB ले अन्ततः IPL Champion Trophy जित्यो। यो विजय केवल खेलको नतिजा होइन, मनको श्रद्धा र समर्पणको फल पनि थियो।
विराट कोहली ईश्वरमा गहिरो श्रद्धा राख्ने व्यक्ति हुन्। उनी मात्र शरीरले खेल्दैनन्, मन र आत्माले खेल्छन्। उनी बारम्बार एक आध्यात्मिक गुरू हित प्रेमानन्द महाराजजी कहाँ पुगेर आशीर्वाद लिन्छन्, प्रेम, संयम र ध्यानको शिक्षा ग्रहण गर्छन्।
उनी भन्छन्,
“मैले भगवान र गुरुप्रति समर्पण गरेर खेलेको हुँ। मेरो खेल मात्र होइन, मेरो आत्मा पनि मैदानमा हुन्छ। मेरो सफलता म आफूले होइन, परमात्माको कृपा र गुरुप्रेरणाबाट पाएको हुँ।”
हामीले पनि विराटबाट धेरै कुरा सिक्न सक्छौं:
अनुशासित भएर परिश्रम गरौँ,
मनमा श्रद्धा र विश्वास राखौँ,
गुरु र ईश्वर प्रति समर्पण गरौँ,
अनि प्रेम, संयम र साहसका साथ हरेक काम गरौँ।
विराट कोहली केवल बलियो खेलाडी होइनन्, उनी एक श्रद्धालु आत्मा हुन्। उनी खेलको माध्यमबाट धर्म, प्रेम, र परमात्मासँगको सम्बन्धलाई जीवित राख्न सफल भएका छन्। हामीले पनि जीवनका सबै कामहरू अनुशासित भएर, संकल्प लिएर, प्रेमपूर्वक र समर्पणपूर्वक गरेमा, ईश्वरको कृपा हामीमाथि अवश्य हुनेछ।
जेन-जी (Gen Z) भन्नाले Generation Z जनाउँछ, जुन अहिलेको युवापुस्ताको एक समाजशास्त्रीय वर्ग हो। Gen Z भन्नाले सामान्यतया सन् 1997 देखि 2012 को बीचमा जन्मिएकाहरूलाई भनिन्छ। यो पुस्ता मिलेनियल्स (Gen Y) पछि आउने पुस्ता हो। त्यसैगरी Gen A भन्नाले सन् 2013 देखि पछाडि जन्मिएकाहरूलाई चिनिन्छ । आजकलका किशोर, स्कुल, कलेज पढ्दै गरेका वा हालसालै जागिरमा लागेका युवा धेरैजसो Gen Z मा पर्छन्। त्यसैगरी Gen A मा भर्खरै जन्मिएका देखि स्कुल पढिरहेका पुस्ता पर्दछन् ।
Gen Z र Gen A को विशेषता के हो?
१. Digital natives – जन्मेदेखि नै इन्टरनेट, स्मार्टफोन, र सोसल मिडियामा हुर्किएका।
२. सोच र अभिव्यक्तिमा स्वतन्त्र – आफूलाई व्यक्त गर्न स्वतन्त्रता खोज्ने।
नेपाली सन्दर्भमा पनि अहिलेका टिकटक, इन्स्टाग्राम, युट्युब चलाउने अधिकांश Gen Z र Gen A हुन्।उनीहरूको भाषा, सोच, अभिव्यक्ति, र संस्कृति अलि फरक देखिन्छ, जसलाई कतिपयले ‘नयाँ पुस्ता’ भन्न रुचाउँछन्। विशेषतः जब हामी “Gen Z” जस्तो प्रविधिमैत्री, तीव्रगतिको पुस्तालाई आध्यात्मिक अभ्यास, साधना, र Awareness (सजगता) सँग दुई दृष्टिकोणमा तुलना गर्न सक्छौं ।
१) Gen Z को वर्तमान अवस्था- चुनौती र परिवर्तनको संघारमा
सकारात्मक पक्ष:
> Awareness को भोक छ: धेरै Gen Z युवा mental health, self-care, healing, energy, vibes, mindfulness, meditation, yoga आदि शब्दसँग परिचित छन्।
> Inner freedom खोज्ने प्रयास: उनीहरू परम्परागत धार्मिक ढाँचाभन्दा “अनुभवमा आधारित आध्यात्मिकता” खोज्छन्।
> Global exposure बाट आध्यात्मिक गुरू, podcasts, सत्संग आदि सुनेर आत्म-चिन्तनतर्फ आकर्षित भइरहेका छन्।
चुनौतीहरू:
> Distraction को बाढी: डिजिटल संसारको तिव्रता (TikTok, Instagram, Youtube, endless scrolling) ले तात्त्विक एकाग्रता हराइरहेको छ।
> Instant gratification मा बाँधिएको मन: ध्यान वा साधनामा समय दिने धैर्यता थोरै देखिन्छ।
Over-stimulation ले subtle spiritual signals नदेखिने बनाउँछ।
२) Gen Z मा आध्यात्मिक सम्भावना- एक उज्यालो बीउ भेटिन्छ ।
किन सम्भावना छ ?
> Questioning Nature : उनीहरू “किन?”, “को?”, “के सत्य हो?” भन्ने गहिरा प्रश्न गर्न सक्छन्। यही प्रश्न नै आध्यात्मिक यात्रा सुरु गर्ने ढोका हो।
>Authenticity खोज्ने हिम्मत – झूटा आडम्बर वा ढोंग उनीहरूले तुरुन्त चिन्छन्। उनीहरू “अनुभूत सत्य” खोज्छन्।
>Global गुरुहरूको सहज पहुँचबाट लाखौं Gen Z प्रभावित छन्।
>Awareness को भाषा परिवर्तन हुँदैछ – “Spirituality” अब पुरानो पुराण होइन, “Conscious Living” को शैली बन्दैछ।
>Gen Z एक यस्तो पुस्ता हो जो छिटो हराउँछ तर छिटो जाग्न पनि सक्छ।
उनीहरूलाई यदि सही ढंगले सजगता, प्रेम, ध्यान, र अहंकारविहीन मार्ग सिकाइयो भने, उनीहरू संसारमा एक नयाँ चेतनाको लहर ल्याउन सक्छन्।
Gen Z र Gen A लाई आध्यात्मिकता तर्फ ल्याउनु भनेको – उनीहरूको हृदयसम्म पुग्नु, तिनको स्वतन्त्र चेतनामा प्रेमको बिउ रोप्नु हो। जबर्दस्ती होइन, प्रेरणा। उपदेश होइन, उपस्थिति मात्र।
यहाँ माता-पिता वा अविभावक वा मार्गदर्शकहरू (Silent generation, Baby Boomers, Gen X, Gen Y) ले Gen Z र Gen A लाई सहज रूपमा आध्यात्मिकता (सजगता, प्रेम, सत्यता) तर्फ ल्याउन सक्ने ७ चरणका उपायहरु प्रस्तुत गर्न कोसिस गरिएको छ ।
१) स्वयम् आध्यात्मिक हुनु – देखाउने होइन, हुने > “Be the light, not the preacher.”
यी पुस्ता साँचो अनुभव खोज्छन्, अभिनय होइन। यदि अभिभावक वा मार्गदर्शक स्वयम् साधना, आत्म-सजगता, प्रेम, मौनको अभ्यासमा छन् भने त्यो सुवास स्वयं ती युवाहरूमा बग्न थाल्छ। तपाईं ध्यान गरिरहनु भएको दृश्यले नै उनीहरूमा चासो जगाउँछ। तपाईंले नचिच्याई क्षमा गर्नु, करुणा देखाउनु, प्रेमले प्रतिक्रिया गर्नु, त्यो नै उनीहरूको पहिलो सत्संग हो।
२) उपदेश नदिई संवाद गर्नु
यी पुस्तालाई “यो गर, त्यो नगर” भन्दा “तिमी के महसुस गर्छौ?” भनेर सोध्दा उनीहरू खोलिन्छन्।
प्रश्नहरू सोध्नुहोस् – “जीवनमा तिमी के खोज्दै छौ?” उनीहरूको उत्तरलाई निर्णय नगरी सुन्नुहोस्।
कहिलेकाहीँ हाम्रो अनुभव साटौं, तर उपदेशजस्तो नभई साथी सरह।
३) आकर्षक तरिकाले आध्यात्मिक अभ्यासको ढोका खोल्नु
यी पुस्ता तीव्र, संवेदनशील र रचनात्मक छन्। ध्यान वा साधनालाई पनि Boring routine हैन, Joyful inner adventure को रूपमा देखाउनु पर्छ।
उदाहरणहरू:
> केही मिनेटको Mindful music सुनाउनु, आँफुले मन पराएको कुनै गीत गाउने र उनीहरूलाई पनि गाउन उत्प्रेरित गर्ने।
> आँफुले केही चित्र कोरेर कस्तो लाग्यो भनेर सोध्ने र तिमीलाई पनि बनाउन मन लाग्छ ? भनेर सोध्ने
>विभिन्न Musical Instruments देखाएर मलाई यो मन पर्छ, बजाउँछु है, अनि तिमीलाई चाहिँ के बजाउन मन पर्छ भनेर सोध्ने र उसको रुचीको Instrument ल्याइदिने र उसले बजाएकोमा प्रशंसा गर्ने ।
>बिरालो, कुकुर जस्तो Pet जनावरहरु, चराचुरुङ्गीहरुसँग नजिकिन सिकाऔं, खेल्न सिकाउने ।
> बोटविरुवा, चराचुरुङ्गी, जनावरहरुलाई पानी दिन, खानेकुरा दिन सिकाउने ।
>मागी हिड्ने, दुख पाइरहेको देखिएका, आवश्यक परेको देखिएकाहरुलाई दान सहयोग गर्न उत्प्रेरित गर्ने । >श्वास-प्रश्वासको awareness खेल – “अब १० श्वास गन्ने…।” भनेर
>“जाऔँ, प्रकृतिसँग खेलौं र मौनमा बसौँ।” भन्ने ।
> साथी, सहकर्मीहरुसँग प्रतिष्पर्धि नबनी सहअस्तित्वको ब्यबहार गर्ने तर्फ सिकाउने ।
४) उनीहरूको भाषा र माध्यममा आध्यात्मिकता ल्याउनु
यी पुस्तालाई TikTok, YouTube, Facebook, Instagram, Reels मन पर्छ भने, त्यही मार्फत आध्यात्मिक गुरूहरूको छोटा क्लिप्स, प्रेरणादायक podcast हरू शेयर गर्न सकिन्छ तर जबर्जस्ती होइन, “मलाई यो मन पर्यो, तिमीलाई कस्तो लाग्यो? भनेर
५) उनको पीडा र द्वन्द्व बुझ्नु – बिना डर, बिना नियन्त्रण
यी पुस्ता धेरैजसो anxiety, self-doubt, loneliness, peer pressure भित्र अल्झिरहेका हुन्छन्।
उनीहरूको पीडालाई “यो त केही होइन” नठानौँ बरु त्यो पीडाको भित्र शान्तिको बीउ लुकेको छ।
उनीहरूलाई सम्झाउन सकिन्छ:”हर असहज अनुभव एउटा ढोका हो, जहाँबाट तिमी आफूसम्म पुग्न सक्छौ।”
६) तपाईंको मौन, नम्रता, र श्रद्धा नै उनको शिक्षा हो । कहिलेकाहीँ बोल्नुभन्दा मौन बसेर सँगै ध्यान गर्नु ।
उनीहरू रिसाउँदा पनि करुणा देखाउनु, आफू गल्ती गर्दा स्वीकार गर्नु, यस्ता कार्यहरूले उनीहरूलाई सिकाउँछन्, कसरी आध्यात्मिक बनिन्छ। उपस्थिति नै शिक्षा हो।
७) आशा नछोड्ने, प्रेमपूर्ण धैर्यता ।
यी पुस्ता तुरुन्त परिवर्तन गर्दैनन् तर जब परिवर्तन हुन्छ, त्यो गहिरो र स्थायी हुन्छ।
– कहिलेकाहीँ उनीहरू विरोध गर्नेछन्
– कहिलेकाहीँ रमाउनेछन्, फेरि बिर्सनेछन्
– तर तपाईंको शान्त उपस्थितिको किरण उनीहरूको चेतनामा गहिरो असर छोडिरहेको हुन्छ
> “A seed of love planted in silence grows beneath the soil of time.”
निष्कर्षमा:
Gen Z र Gen A लाई आध्यात्मिकता सिकाउने हुटहुटी बोकेर जबर्जस्तिको लदाईमा उनिहरुको निजत्व , स्वतन्त्रता माथि हमला गर्ने होइन, बरु हाम्रो हरेक क्रियाकलापमा उनिहरुले आध्यात्मिकता जोडिएर उपलब्धीपूर्ण भइरहेको स्पष्ट देखुन्, जिन्दगीमा लयबद्धता महसुस गरुन् , उनिहरुलाई साँच्चै साँच्चै अनुभुती हुन थालोस् कि जीवन उत्कृष्ठ बनाउन हरपल, हरेक क्रियाकलापमा आध्यात्मिक अभ्यास जरुरी रहेछ, पारमार्थिक सत्यसँग जोडिएर अगाडि बढ्नु पर्ने अत्यावश्यक रहेछ भन्ने अनि उनीहरूलाई उनिहरुकै रुचिले आकर्षित हुँदै आध्यात्मिक उपस्थितिमा बस्न दिऔं। उनीहरूमा चेतना छ, भित्र आगो छ, बस् प्रेमपूर्वक, धैर्यपूर्वक, मौनपूर्वक त्यस आगोमा फूलहरू फुल्न दिनुपर्छ।