म नेपाल किन फर्के ?

मलाई शहर भन्दा गाउॅ नै प्रिय लाग्छ। नेपाली गाउॅको प्राकृतिक वातावरण, अर्गानिक खाना र मानिसहरु प्रिय लाग्छ।आफ्नो आफ्नो रुचि र स्वभाव को कूरा हो, ठुलो शहरको जीवनशैली र वातावरण मलाई असहज लाग्छ।आजभोलिको धार अनुकूल म पनि संसार कै विकसित देशको शहरमा जीवन बिताई रहेको हुन सक्थे, तर मलाई नेपाली गाउॅ को स्वस्थ, शांत र आनन्दित जीवनशैली नै प्रिय लाग्छ।

~ सतीस टण्डन

क्रियाहरु मा होश

आज म भियतनामी बौद्ध गुरू थिच न्यात हान को भनाई पढ़दै थिए। ज़ेन बौद्ध धर्ममा चिया पिउने जस्तो सानो क्रियालाई पनि कसरी ध्यान र श्रद्धा पूर्वक, वर्तमानमा रहेर गर्न सकिन्छ भन्ने सिकाइन्छ। हाम्रो दैनिक जीवन यस्तै साना क्रियाहरू मिलेर नै बनेको छ।

भनाइ यस्तो थियो “आफ्नो चिया बिस्तारै र श्रद्धापूर्वक पिउनुहोस्, मानौ की यो चिया पिउनू नै संपूर्ण कुरा हो – बिस्तारै, हतार नगरी; वास्तविक क्षणमा जिउनुहोस्”। हामीले गर्ने क्रियाहरू धेरै जसो हतार र बेहोशीमा हुन्छन्। हाम्रो उद्देश्य भनेको त्यो गर्ने प्रक्रिया भित्रको आनन्द खोज्नेभन्दा पनि, त्यो सकिएपछि हुने सन्तुष्टिमा हुन्छ।

यदि हामीले यी साना कुराहरू गर्दा होश, भाव र आनंद जोड्न सक्यौं भने, वर्तमानको जीवन्त क्षण भित्रको शान्ति र आनन्द को अझ नजिक पुग्न सक्छौं।

सर्जक राष्ट्रिय गहना हुन

आज म आइरिस कवि ओस्कर वाइल्ड को भनाई पढ्दै थिए। भनाई यस्तो थियो “ कलाकारले समीक्षक लाई सिक्क्षित गर्ने हो र समीक्षकले जनता लाई “।

सामान्यतया हामीलाई लाग्छ देश विकास गर्न मुख्य भूमिका राजनीतिज्ञको हुन्छ, तर खासमा सर्जकहरूको हुन्छ। सर्जक हरूले जुन स्तर वा प्रकृतिको गीत-संगीत, सिनेमा वा कुनै पनि किसिमको कला र साहित्यको सिर्जना गर्छन्, त्यही अनुरूप नै जनताको चेतनाको विकास हुँदै जान्छ। कुनै पनि महान सभ्यताको इतिहास हेर्नुहोस्, ती सभ्यतालाई महान बनाउन त्यहाँका सर्जकहरूको मुख्य भूमिका हुन्छ। विभिन्न किसिमका सिर्जनाले जनमानसको मन, भावना र चेतनालाई आकार दिन मद्दत गर्छ। जस्तो सिर्जनाको छाप मानिसहरूमा पर्दै जान्छ, समाज पनि त्यही अनुरूप परिवर्तन हुँदै जान्छ। त्यसकारण सर्जकहरू राष्ट्रिय गहना हुन् र राजनीतिक व्यवस्थाले उनीहरूलाई सहयोग र प्रोत्साहन दिइरहनु पर्छ।

~ सतीस टण्डन

नेपालमा सकारात्मक सोचको खाचो

नेपाली जनसमुदाय माझ नकारात्मकता बढ़दै गएको देख्न सकिन्छ। हुनत यो समस्या संसार भरी नै छ, तर बिशेष गरी नेपालमा यो समस्या आजभोली ब्यापक छ। राजनैतिक ब्यवस्था र प्रशासनिक तंत्र लाई यसको मूल कारक मान्न सकिन्छ। युवाहरु बिदेश पलायन हुने क्रम पनी तिब्र छ।सामाजिक संजाल का कमेंट सेक्शनहरुमा युवा देखी ब्रिद्द सम्ममा नीराशा देख्न सकिन्छ।

के यो नेपालको बर्तमान स्थिति को पूर्ण चित्रण हो त ? मलाई लाग्छ होइन।जति धेरै समस्या त्यति धेरै समाधान र बिकाशका मौका हरु पनी हुँन्छन। कम नै दृष्टिमा परेपनि बिदेश गएर पढेर वा केही सिकेर नेपालमै केही गर्छु भन्ने जमात पनी बढ़दैछ।ब्यापार गर्न सफलता को दर कम होला तर त्यो दिनप्रति दिन सुधारून्मुक छ।नयाँ सृजनशील पद्दति अनुसरण गरेका ब्यापार फस्टाएका उदाहरणहरु पनि देख्न पाइन्छ।

आजभोलि का युवा पुस्ताहरु पश्चात्य मूलुकका युवा भन्दा केही कम छैनन।युवा पुस्ताका धेरै साथिहरु तमाम नीराशा का बाबजूद पनि सकारात्मक ऊर्जाको साथ अगाड़ी बढ़ी रहेको देख्दा, नेपाल भौतिक बिकाशको बाटोमा अगाड़ी बढ़ीरहेको छ भन्ने कुरामा ढुक्क लाग्छ।

~ सतीस टण्डन

चराहरु

चराहरुको चिरबीरमा एउटा लयबद्द संगीत छ।

सायद केही सन्देश दिइरहेका छन।

सुनेको थिए चराहरु को चिरबीरको फ्रीक्वेंसीले बिरुवाहरु को स्टोमाटा खोल्न मद्दत गर्छ।

सायद बिरुवाहरु लाई उठ, हुर्क़ भनिरहेका छन।

यो देख्दा लाग्छ, संसारमा केही कुरा पनी अकारण छैन।

~ सतीस टण्डन

ताप

मनको तापले
पोल्न थाले…….
पाहाडको टुप्पो माथि
कुहिरोको नदिमा
नुहाउन जाने हो…….
त्यसले तन मन सबै
सितल बनाई दिन्छ…….