
अनुवाद ~ अनुपम
Contd…
लेखकीय मन्तव्य वा यस्तै केही लेखेर सुरु गरौँ भनेँ, यसकारण, की केटा वा केटी भनेर छुट्याउन सक्ने उमेर भएयता मैले आजसम्म सबथोक यसरी गर्दै आएको छु जसरी अरु कसैले गरेको छैन. यो काममा म आफ्नो यो नियम किन तोडौं ? अन्य लेखकहरुले जसरी आफ्नो लेखन सुरु नगर्न म मेरो यही नियमले बाँधीएको छु. यसर्थ, सामान्यतया जसरी लेखन भूमिकाका साथ सुरु हुन्छ म त्यसरी सुरु नगरी चेतावनीका साथ सुरु गर्न चाहन्छु. त्यसो गरे बल्ल मैले पाठकलाई न्याय गरेको ठहर्छ र यो कुरा मेरो आफ्नो नियम अनुकुलको, इमान्दार पनि हुन जान्छ. यसर्थ कि, म लगायत मेरा परिचितहरू जान्दछौ, मेरो लेखनले ढिलोचाँडो मान्छेलाई धनको लोभ, सुन्दर जीवनको कल्पना, भविष्यका सपना जस्ता कुराहरु प्रती उदासिन बनाइदिन सक्छ. पेशेवर लेखकहरु यस्ता भूमिकाहरूमा पाठकलाइ अनेक फुलबुट्टे विशेषणले सम्बोधन गर्छन्. यो मामिलामा मात्र म उनीहरूको अनुसरण गर्नेछु अब. पाठकको संवेदना नै चलाउने जत्तिका गुलिया शब्दको प्रयोग भने मबाट हुनेछैन.
सुरु गरौँ…
मेरा प्यारा, आदरणीय, संकल्पवान, धैर्यवान पाठकवृन्द, सगौरव म यहाँहरुलाई जानकारी गराउन चाहन्छु, जीवनको यो अन्तीम खण्डमा आइपरेको एउटा अकल्पनीय दुर्घटनाका बाबजुद म केही पुस्तकहरू लेख्न जाँदैछु. यद्यपि आजसम्म मैले पुस्तक त के सिलसिला र व्याकरण मिलाएर लेख्नु पर्ने गरी एउटा चिठ्ठीसम्म पनि लेखेको छैन. अबबाट भने म एउटा पेशेवर लेखक बन्न जाँदैछु. लेखनको सामान्य जानकारी समेत नभएको कारणले मेरो लेखन अन्य लेखकहारूको जस्तो भने पटक्कै हुनेछैन जसको लेखनीसँग तपाईं आफ्नो हातको बास्ना जत्तिकै परिचित हुनुहुन्छ. मेरो लेखन छिचोल्न तपाईंलाई हुने समस्याको कारण यस्तो छ, बाल्यकालबाट नै हामीमा एउटा यस्तो यान्त्रिक केन्द्रको विकास भयो जसले आफैं नयाँ प्राप्त प्रभावहरुलाई ग्रहण गर्छ र सम्बोधन गर्छ. जसका लागी हामी ‘आफैंले’ कुनै श्रम गर्नुपर्दैन. मेरो लेखन पढ्न त्यो यान्त्रिक केन्द्रले सक्ददैन. खुलस्त भन्दा, मेरो लेखनमा व्याकरणीय त्रुटी मात्र नभएर एउटा लेखकले प्रयोग गर्ने र एउटा आम पाठकले बुझ्ने जत्तिको भाषा पनी हुँदैन. यसलाई लिएर गाली खाइएला भनी म चिन्तित छैन. यसकारण, कि धर्तीमा आजभोली आधा आँखा बन्द गरेर सुत्नेहरु देखी लिएर घरभाडा तिर्नुपर्ने समस्या नभएका सम्म हर-कोहीलाई पुस्तक लेख्ने रोग लागेको छ. तपाईँहरूले थरीथरिको लेखनलाई राम्रै पचाईसक्नुभयो भन्नेमा म विश्वस्त छु. मेरो पाराको लेखनी देखेर तपाईं यसर्थ अचम्म मान्नुहुने छैन पक्कै. तथापि, मैले सुरुमै परिष्कृत भाषाको मेरो अज्ञानता चेतावनीका रुपमा प्रस्तुत गरेकै छु. आफ्नो बचावमा लाजले गाला राता पार्दै म केवल यती भन्न सक्छु, त्यस्तो भाषा बाल्यकालमा मैले सिकेको त थिएँ, व्याकरणका थुप्रै नियम मैले रटेको त थिएँ, तर दुर्भाग्य त्यसरी कण्ठ गरेको कुनै पनी कुरा मलाई अहिलेको अवस्थामा कण्ठ छैन.
To be contd…


beautifully translated !
LikeLike
beautiful ❤️🌼
LikeLike
wow
LikeLike