ओके छ त

–अनुपम

यही बतास हो जो अहिले मेरो मुहार स्पर्श गरेर जाँदै छ, साक्षी त्यो कालजयी दुविधाको जहाँ आफुले जानेको बुझेको संसार सबै तहसनहस हुँदो देखेर एउटा योद्धाको मनमा उठेको थियो संशय. यसको उत्तरमा जन्मिएको थियो एउटा यस्तो अद्भूत मार्गचित्र जो आफ्नो मनको दुविधामा कैद कैयौंलाइ सम्बोधन गर्ने दिशामा सार्वकालिक बनेको छ.
त्यही मार्गचित्रलाइ हामी ‘गीता’ भन्छौं. अहिले हाम्रो अघी युद्ध मैदान बनेर प्रस्तुत छ हाम्रै दैनीक जीवन. हामी आफ्ना विचारका हतियारले आफैंलाई हिर्काएर रक्ताम्य बन्न अभ्यस्त छौं. के यत्ती हो जीवन ? के यही हो बाँच्नुको उद्देश्य ? यसबारेमा सोच्दै जाँदा हामी खोज्न् बाध्य हुन्छौं त्यो अन्तीम उत्तर जसले हामीलाई आफ्नो जीवनको गौरव वा स्पष्ट अर्थ बताओस्. मान्छेको पिरोलोको स्थायी समाधान कहाँ छ ? हामी किन दुखी छौं ? के कारणले जीवनमा सकस छ ? धर्तीलाई कर्मभूमी बनाएर चेतनाको विकास गर्ने यात्रा हो जीवन. यो यात्रामा एकअर्काप्रती हृदयमा करुणा राख्न सके त सबैको यात्रा सहज हुन्थ्यो. त्यो सहजताले मेरो जीवन पनि समृद्धी बनेर छुन्थ्यो पक्कै. हृदयमा यो करुणा जागे हाम्रो समयको थुप्रो दुविधा समाधान हुन्थ्यो. के कारणले हृदयको आल्हाद कम हुँदै जान्छ ? किन हामी उत्सवभाव गुमाउँदै जान्छौं, जीवन किन खल्लो खल्लो लाग्दै जान थाल्छ ? हाम्रो समयका प्रश्न यी हुन् शायद जसले हाम्रो मन युद्ध मैदान बनाएको हुन्छ. के भन्यो गीताले अन्तीम उत्तरका रुपमा जसले गर्दा हात काँपेर हतियार छाडेको योद्धा विजयको शिखरमा पुग्यो ?

न जायते म्रियते वा कदाचि-
न्नायं भूत्वा भविता वा न भूयः ।
अजो नित्यः शाश्वतोऽयं पुराणो
न हन्यते हन्यमाने शरीरे ॥ २.२० ॥

बाहिरको दौड एकछिन थाती राखेर यो सोच, संसारमा तिमी सबथोक परिवर्तनशील देख्छौ, तिम्रै शरीर पनि त बदलिरहेको छ प्रतिपल. तर यो सबै परिवर्तन बोधको कहीं कतै कुनामा, एउटा यस्तो अवस्था छ जो द्रष्टा बनेर चुपचाप छ. आनन्द त्यसको स्वभाव हो. विवेक त्यसको स्वभाव हो. कर्मको श्रेष्ठता त्यसको स्वभाव हो.
त्यहाँ आउ र स्वधर्मको बोध गर. हाम्रो दैनीक जीवनमा गीताको ज्ञान योगको देशना सार्थक यसरी हुन्छ, मनका सबै विचारलाई खासगरी नकारात्मक विचारलाई उती वास्ता नदेउ. उद्वेगका क्षणमा, आक्रोशको क्षणमा त्यो शान्त आनन्द खोज्ने प्रयास गर एकछिन अडिएर आफैंमा. तनावका बादल कम हुन थाल्छन्. हिम्मत आउन थाल्छ. जीवनमा सार्थकता देखिन थाल्छ. अब यो स्थीरतामा निर्णय गर, नत्र एकछिनको आक्रोशले तिम्रो जीवनभरको निर्माण क्षयमा जान्छ.

प्रेम र भक्ती पनि समाधान हो जीवनको अस्वादको. हामी मिठो गीत सुनेर आँसु बहाउन सक्ने प्राणी हौँ. कहिलेकाहीं जीवनको स्वाद टाउकोबाट बाँचेको जीवनमा नभेटिएर हृदयबाट बाँचेको जीवनमा भेटिन्छ.
भक्तिको अतिरेकमा जे बाँकी रहन्छ ज्ञान विलय हुने त्यही सागरमा हो. कृष्णको भक्ति योगको व्याख्या हाम्रो समयमा यसरी सार्थक हुन्छ. यसरी बहाउ आफुलाई समर्पणमा, परमात्माको सागर अट्ने ठाउँ बन्छ तिम्रो हृदय. काम न ठुलो हुन्छ न सानो. कामको आधारमा मान्छे तुलना नगर. हरेकको आफ्नो काम छ, रुची छ. काम आनन्द हो. काम गर्न पाउनु सौभाग्य हो. यो आनन्दबोध हो कर्मयोगको सार. तत्वले तत्वलाइ तत्व सरह जान्दछ जब मनले केही विश्राम पाउँदछ. मनको यो विश्राममा उत्तर छ अटुट आनन्द बोधको. यही आनन्द हृदयमा हुँदा हाम्रो सिर्जना पौरख बन्दछ.

जीवनका केही सिकाईहरु -१

“आफ्नो चेतनाको स्तर विभिन्न समयमा विभिन्न थियो, यसको लागी आफैलाई माफ गर्देऊ ।” बाबुजीको भनाई यो हप्ता भरि ममा गुन्जिरह्यो।

जीवनमा केही भोगाईहरु यस्ता रहे जुन नयॉ अनुहार, नयॉ ठाउॅका बाबजुद बारम्बार दोहोरिरहे। धेरै समय लाग्यो यो देख्नको लागी, बुझ्नको लागी कि मेरो बुभाई र भोगाई सहि रुपमा पाक्न बॉकी छ। जीवनमा पहाड लागेका ठुल्ठूला अप्ठयारा पनि आफूलाई त्यो ज्ञानले दृष्टि दिनासाथ बिलाई जान्छन। अनि बल्ल पो देखिन्छ त्यो त जाबो झिनो मसिनो रहेछ।

भर्खर भर्खर पौडि खेल्न सिक्दै थिएँ, एउटा तलाउमा खेल्न थालें- आयो खेल्न। मलाई औधी खुशी लाग्यो। बेलुका आएर बाबुजीलाई सुनाएँ “आज त्यो तलाउमा पौडी खेल्न आयो, मसाई तलाउले सुइकारेको जस्तो लाग्यो ।” बाबुजीले सोधिन् – “किन यो चाह छ स्वीकारिनू को ?”

म केही बेर अघि सम्म यो आईडियालाई रोम्यान्टिसाईज गरिरहेकी थिए, उनको कुराले मेरो केही पर्दा खुल्यो। मैले पहिलो चोटी यो नजरियाले हेर्न सकिरहेकि थिए कि लौ हो त । यत्तिकै हुनुको वर्तमानमा नरहेर म कहाको विचार जालमा कुरो केलाउदै छु। यो बुझाईका साथ साथ मलाई मानिसहरुसंगको आफ्नो सम्बन्धहरु पनि सहज लाग्न थाल्यो। म कहॉ के देख्छु र भोग्छु त्यो आफू स्वयमको नै प्रोजेक्सन  हो। संसारलाई त्यसकै स्वरुपमा हेर्न चाहन्छु भनेर चाहेकि मैले यो चस्मा फ्याक्न त जरुरि नै थियो ।

धन्यवाद

केही वर्ष अघि आफूले लेखेको डायरीका पानाहरु पल्टाउन पुगें। त्यसमा म तिमीसॅग आफ्नो अन्यौलता पोख्दै थींए । “ प्रिय ईश्वर, कहीं त कतै केही मिलेको छैन। म उमेरले ठुलै भईसक्दा पनी भित्रबाट म एकदम अपरिपक्व छु। हजार चाहना हजार तिर दौडिएका छन् । जहिले एउटा गर्हुंगो बादल आईरहन्छ। के गर्ने मलाई थाहा छैन। बाटो देखाऊ ईश्वर…।”

तिम्रो नजर म मा पर्यो, जीवन धन्य भयो। म हर्षले श्वास फेर्छु आजकाल। सजिलो पक्कै छैन घोट्टिएर तरल बन्नलाई। तर यो नगर्दाको नर्क स्मृतिमा यति गाढा छ कि मुटु भरखरै काँप्न थाल्छ। यसैले मेरा हर क्षणहरु रंगिन बनाउछ। यसैमानै पूर्णता र आन्नद पाउॅछु म। म हर दिन तिमीलाई सम्झिन्छु, पुज्छु। जे छु तिम्रो कारणले छु र तिमीबाटै छु । तिमीनै बाटो भयौ, तिमीनै शितल चौतारी र तिमीनै पुग्नु पर्ने गन्तब्य।

ज्ञान योग र अहोभावको आँसु

खप्तड बाबाको किताब विचार विज्ञान पढ्दाको एउटा वाक्य सधैं मनमा बस्यो, “जती सुक्ष्म, उती शक्तीशाली.” 

यसलाई वर्णन गर्दै वहाँले भन्नुभयो, “ढुङ्गा भन्दा माटो अझ शक्तिशाली. माटो भन्दा हावा. अनी विचार त झनै शक्तिशाली.” जीवनको लयलाई अहोभावले नहेरी एउटा वद्ध धारणाले हेर्ने बानीलाई यो भनाई हास्यास्पद लाग्न सक्छ. ढुङ्गाले टाउको फुटाउँछ. विचारले के गर्छ ? यस्तो लाग्न सक्छ. सुविचारको शक्ती बुझ्दै जाँदा, हाम्रै ढुङ्गा जस्तो चेतना लचिलो हुँदै जाँदा र त्यो प्रक्रियामा आफ्नो जीवन सरल र तरल हुँदै जाँदा खप्तड बाबाको भनाईको आशय पक्कै बुझिन्छ. जीवनका यस्ता सुक्ष्म आयामहरुको बुझाईको यात्रा नै योग तर्फको यात्रा हो. योग अर्थात खण्डीत चेतनाका पत्र पत्रमा ज्ञान र भावको प्रकाश प्रसारण गर्ने तरिका. समयको क्षयमा क्षणभरको अमरत्व बोध गर्दै जाने र ती क्षणहरुको जोडमा आफ्नो जीवनको सार्थकता खोज्ने तरिका. ज्ञान योगका धुरन्धरहरु जब ज्ञानको गरिमा र लालित्य बोध गरेर विचारको एउटा झिल्को समाउँछन् र त्यो झिल्कोमा आफ्नो पाषाण हृदय मैन झैं पगाल्छन्, त्यो आँसु ज्ञान योग बन्छ. त्यो क्षणमा एउटा विद्वान ब्रम्ह समाउँछ. यस्तै एउटा क्षण घटित भयो वैज्ञानिक ‘पल डाइराक’ को जीवनमा. भौतीक विज्ञानको प्रोफेसरी गर्न थालेको समयमा एक दिन, बोर्डमा एउटा इक्वेसन लेखे यिनले र कक्षाका विद्यार्थीहरुलाई अचम्ममा पार्दै चुपचाप आफुले लेखेको इक्वेसन हेर्दै टक्क अडिए र आँसु बहाउन थाले चुपचाप. भनिन्छ, एक घण्टा यी यसै गरी अडिए.  ज्ञानले भाव किन छुँदैन ? ज्ञानको भक्ती किन हुँदैन ? के यस्तो चेतनाले परम तत्व छुँदैन ? डाइराकका गणितीय समीकरणहरुले त्यस्ता सुक्ष्म तत्वहरुको अस्तित्वको सम्भावनाको बारेमा प्रकाश पारे जो कालान्तरमा वास्तव मै फेला पर्दै गए. र सम्भव हुँदै गयो सुक्ष्म तत्वहरुको आधुनिक अध्ययन जसलाई भनिन्छ क्वान्टम फिजिक्स.  

क्वान्टम मेकानिक्स र आइन्स्टाइनको सापेक्षताको सिद्धान्तलाइ जोड्ने सेतु यिनै डाइराकले प्रतिपादन गरेको डाइराक इक्वेसन हो. प्रति पदार्थ नामक पदार्थको नियम विपरितको अर्को पदार्थको सम्भावनाको बारेमा पनि यिनले नै औंल्याए. यिनको गणितले भविष्यवाणी गर्यो. गरे बमोजिमका पदार्थ वास्तव मै फेला पर्दै गए. 

डाइराकको समीकरणले भन्यो, हरेक पदार्थ बराबर त्यसकै ठ्याक्कै उल्टो अर्को पदार्थ छ जसको पिण्ड त बराबर हुन्छ तर चार्ज ठ्याक्कै उल्टो. सुरुमा वैज्ञानिक जगतले उनको यो अवधारणा मानेन. तर केही समय पछी १९३२ मा,  कार्ल एण्डरसन्ले पोजिट्रोन् नामको प्रती पदार्थ फेला पारे. वैज्ञानिक जगतमा यो ठुलो हलचल थियो. आश्चर्य कै कुरा थियो. पदार्थ पत्ता लाग्नु अघी नै गणितले त्यसको अस्तित्व घोषणा गरेको क्षण जो थियो यो.  अस्तित्वको सीमा नै केही अझ पर पुर्याउन, हाम्रो जगत भन्दा उताको एउटा सुक्ष्म जगतमा प्रकाश पुर्याउनमा  डाइराकको यो योगदान अमूल्य छ.  यिनका सामान्य फुटनोटहरुमा समेत गहनता यसरी हुन्थे, रिचार्ड फ़ाइनम्यान्ले पल डाइराकको फुटनोटमा उल्लेख भएको एउटा सामान्य कुरामा रातभर अध्ययन गरेर पाथ इन्टीग्रल नामक एउटा सिद्धान्त नै प्रतिपादन गरेका थिए. 

अनौठा व्यक्ती किन अनौठा हुन्छन् ? शायद हाम्रा धारणामा ती अटाउँदैनन्. हामीले अल्बर्ट आइन्स्टाइनलाइ अनौठा भन्यौं. आइन्स्टाइनले पल डाइराकलाई अनौठा भने. के थियो योगदान र सम्झिने यी पल डाइराकलाइ ? उपनिषद्हरुले वर्णन गर्ने सुक्ष्म जगत र तत्वहरुको अध्ययन वैज्ञानिक युगमा प्रवेश तब भयो जब यिनै पल डाइराकले सन् 1926 मा क्याम्ब्रिज विश्वविध्यालयमा आफ्नो हस्तलिखीत पीएचडी थेसिस पेपर बुझाए जसको शिर्षक थियो ‘क्वान्टम मेकानिक्स.’  अनौठा वैज्ञानिकहरुको स्वभाव वर्णन गर्दा भनिने किसिमका प्राय सबै कुरा यिनमा लागु हुन्थे. लाग्थ्यो यिनको मन मस्तिष्क सधैं बादल माथीको कुनै सुदुर लोकमा विचरण गरिरहेको हुन्थ्यो. यिनलाई दैनीक जीवनका स-साना कुरा गर्न खासै मन नपर्ने. क्याम्ब्रिज विश्वविद्यालयमा यी दुई कारणले प्रख्यात थिए. एक त कक्षाकोठामा देखिने यिनको असाधारण प्रतिभा, र अर्को, आफ्नो अध्ययन बाहेकका  कुरामा शब्द रत्ती खर्च गर्न नचाहने एकांकी स्वभाव. उनका साथीहरुले घन्टाको एक शब्द भन्ने इकाई बनाएर त्यसको नाम नै ‘डाइराक’ राखीदिएका थिए. बाजी राखिन्थ्यो रे क्याम्ब्रिजमा, आज कसले पल डाइराकबाट कती ‘डाइराक’ शब्द झार्न सफल भयो. यस्ता बिभिन्न कारणहरुले भाव शून्य भनिएका डाइराकलाइ हत्ते हालेर मन पराइन् मारसी विग्नर नामकी एक महिलाले. पलले भने, “म मानवीय भावना बुझ्न सक्दिन. प्रेम कुन चरोको नाम हो म जान्दिन.” मारसीले उनलाई जसोतसो विवाहका लागी मनाई छाडीन्. पलका साथीहरु खुसी भए. अब अली मान्छे जस्तो बन्ला की उ, भनेर. के उनी भाव शून्य थिए ? यी आइन्स्टाइनको मृत्युमा रोए. अन्तसको जगतमा यीनले यस्तो खजाना फेला पारे आफैंमा, वाचाल यी बन्न सकेनन्. यही मौनमा फेला पर्यो एउटा अदभूत जगत र त्यसका समीकरण जसले हाम्रो स्थूल जगतलाई अनौठो तवरले सम्बोधन गरिरहेको हुन्छ. यही जगत हो क्वान्टम भौतीकीको जगत जो पूर्वीय आध्यात्मिक परम्पराको वेदान्त दर्शनसँग निकै नजिक छ. 

ज्ञानको करेन्टले हिर्काएर हृदयको आँसु छचल्क्याउने यो परम्पराको जय होस्.

-अनुपम

Letter to Monsieur Meursault

By Wreecha Gautam

Dear Monsieur,
I hate you. Not because I truly hate you, but because you wished to be hated. I can’t afford myself to disappoint you in your final moment. Perhaps I am wrong. You never seemed disappointed or broken, even in the storms and harsh winds. You flowed and loved. You noticed sounds and lived them. You saw things and hear them. For you, everything was true and nothing was true.

That is why I hate you, Meursault. And exactly, why I love you too. I felt the bugs crawling across your skin in prison, smelled the staleness of urine, heard the footsteps of fear echoing in the dark halls. I felt everything with you. Yet you carried it with utter dignity. I failed to express but did you feel my feelings? I doubt. May be it meant nothing to you.

You were cold, yet interesting. You spoke without words. Even in darkness, you thought free, lived free. But tell me, Meursault; does everyone live free? Think free? What was the need to make me naked with silence? Provoke me with thoughts? Again, it must have meant nothing to you.

Tell me, What is sin and what is virtue? When you fired at the Arab, blinded by the burning sun, were you conscious of the act? Was it choice, or chance? If it was badly needed; then how Meursault, you become a sinner? Oh holy god, don’t we all do what we think is needed?

If indifference to all faiths is not a kind of faith itself, what is it then? Is unconsciousness not itself a sin?

Come closer. Hold me. You shattered my heart into a thousand pieces; now fix it. I will embrace you, or hate you more. It means nothing. For both of us, now.
If you ask me, Meursault, I could give you a thousand reasons to live; or a thousand reasons to die.
Yesterday I dreamt of a big tree heavy with leaves, fruits and flowers. I saw fruits growing, flowers blooming and leaves falling together all at once. I saw you and me falling too, leaving together.
Meursault,
one day all the leaves should leave!!
one day all the leaves should leave!!