यो धेरै वर्ष पुराको कुरा हो । एक दिन गुरुले शिष्यलाई हिरा खोजेर ल्याउ भन्नु हुन्छ तर शिष्यलाई हिरा कस्तो हुन्छ भन्ने थाहा हुदैन ।उसले गुरुलाई हिरा कस्तो हुन्छ भनेर सोध्छ ।गुरुले ढुङ्गाहरुमा सबैभन्दा चम्किलो ढुङ्गा नै हिरा हो भन्नुहुन्छ । उ हिरा खोज्न निस्किन्छ ।खोज्ने क्रममा केलाई आधार मानेर चम्किलो ढुङ्गा खोज्ने भन्नेमा उ अलमल्लीन्छ । उसले धेरै चम्किला ढुङ्गाहरु जम्मा गरेर ल्याउछ । गुरुलाई देखाउछ तर कुनै पनि हिरा हैन भनेर भनिसके पछि उ फेरि खोज्न निस्किन्छ ।यस पटक उसले आफुसँग भएको सबैभन्दा चम्किलो ढुङ्गालाई आधार मानेर अर्को त्यो भन्दा चम्किलो ढुङ्गा ल्याउने योजना बनाउछ । फेरि त्यो भन्दा चम्किलो ढुङ्गाहरु गुरु सामु देखाउछ तर त्यो पनि हिरा हैन भनेर गुरुले भन्नू हुन्छ । यसरी लामो समय बित्दै जान्छ । उसले फेरि आफुसँग भएको सबै भन्दा चम्किलो ढुङ्गा बोकेर हिड्छ । अब खोज पनि जटिल हुँदै जान्छ । अब त्यो भन्दा चम्किलो ढुङ्गा प्राप्त गर्न मुस्किल हुँदै जान्छ । एकदिन उसले नदि किनारमा अहिले सम्मकै चम्किलो ढुङ्गा फेला पार्छ । त्यो गुरु सामु लैजान्छ , यस पटक गुरुले यहीँ हो हिरा भन्नू हुन्छ ।उसले यो खोजमा हिरा मात्र हैन , धेरै कुरा प्राप्त गर्छ । थाहा भएको मान्छेले ” यो त्यो हैन ” भनिदिनु नै ठूलो ज्ञान रहेछ भन्ने मनन गर्छ र उ अब आफू भित्रको हिरा खोज्ने अन्तर यात्रामा निस्किन्छ ।