यो के हो ?
माटो।
सजीव कि निर्जीव ?
निर्जीव।
यो के हो ?
माटो।
सजीव कि निर्जीव ?
सजीव।
कसरी ?
एउटै माटोको डल्लो सजीव पनि बन्न सक्छ ?
निर्जीव पनि बन्न सक्छ ?
जसरी,
मान्छे देवता पनि बन्न सक्छ,
दानव पनि बन्न सक्छ।
कसरी ?
सुर लागे देव,
असुर लागे दानव।
निर्जीव छ माटो,
भित्तो बोल्दैन।
सजीव छ माटो,
फूल फुल्दैछ,
बाली झुल्दैछ।
माटो जीवन्त हुन, हावा पानी मिल्नुपर्छ।
साधना अघि बढ्न, अनुशासन र नियमित्ता घुल्नु पर्छ।
~ गोमा कुमारी खतिवडा

Wow माटो 🙏
LikeLike
माटो जीवन्त हुन, हावा पानी मिल्नुपर्छ।
साधना अघि बढ्न, अनुशासन र नियमित्ता घुल्नु पर्छ===So sweet !!!
LikeLike