कुन भाषामा लेख्न सुरु गरौँ त ?

विचारको जागरण contd…

अनुवाद: अनुपम

सानोमा कण्ठ गराइएको भाषा याद छैन मलाई. यसमा न मेरो केही दोष छ न त मेरा शिक्षकहरुको. सुन्दा आश्चर्य लाग्ला,तर एक युरोपेली सम्मोहनविदका अनुसार मेरो यो क्षमता बाल्यकाल मै गुमेको थियो. निकै लामो मनोविश्लेषण पछी उनले यो कुरा पत्ता लगाए. उनका अनुसार म जन्मँदै गर्दा हाम्रो घरको झ्यालमा बाख्राले पारेको प्वालबाट छिमेकीको घरमा बजाएको ग्रामोफोनको आवाज आउँदै थियो. त्यो आवाजसँग लय र ताल नमिलेको ध्वनी निकाल्दै सुंडेनी नमज्जासँग खोकीको औषधी चपाउँदै थिइन्. त्यसकारण ग्रामोफोनमा बज्दै गरेको भाषा र त्यसका नियम सम्झिनमा कुनै चासो नै मलाई कहिले भएन. म जानेर, नजानेर यो भाषाको प्रयोग नगर्ने बन्दै गएँ. सिकेका कुरा पनि बिस्तारै बिर्सिंदै जाने भएँ.. यो घटनाबाट मैले तीनवटा महत्वपूर्ण कुरा सिकें जसको बारेमा म यही अध्यायमा अल्ली पछी चर्चा गर्नेछु. अमेरिकी विज्ञापनका बोर्ड झैं चारैतिरबाट स्पष्ट देखिएको र जस्तै मनोविदले पनी अब केही लछारपाटो लगाउन नसक्ने कुरो, नृत्यको शिक्षकका रुपमा प्रख्यात म अब लेखक बन्न जाँदैछु. पक्कै धेरै लेख्नेछु. जे गर्छु धेरै गर्ने बानी जो छ बच्चैबाट. तर माथी नै उल्लेख गरें, व्याकरणीय भाषा र शैलीको अज्ञानताका कारण मेरो लेखनको शैली बोलचालको शैली नै हुनेछ. 

पख्नुहोस् अझै. भाँडो भरिएकै छैन. कुन भाषामा लेख्ने त ? सुरुवातमा मैले रसियनमा लेखेको भएता पनि विद्वानहरुका विद्वान मुल्ला नसिरुद्दीनका अनुसार रसियन भाषामा खासै टाढा पुग्न सकिन्न. (मुल्ला नसिरुद्दीन वा नसिरुद्दीन होजा युरोप वा अमेरिकामा कम परिचित होलान्, तर एसिया महादेशमा त उनी प्रख्यात छन्. अमेरिकाका अंकल स्याम सरह. एसियामा पुराना नयाँ थुप्रै कथा सुनाइने गरिन्छ उनको.)

रसियन राम्रो भाषा हो. पक्कै. तर कथा कहानी सुनाउन वा आफ्नो वंशावली वर्णन गर्न मात्र. रसियन र अंग्रेजी उस्तै हुन्. अंग्रेजी पनि राम्रो हो भाषा तर आराम कुर्सीमा बसेर उपरखुट्टी लगाउँदै फ्रोजन मिटको बारेमा गफ चुट्नसम्म मात्र उपयोगी. यी दुवै भाषा मस्कोमा सोलीयानका कहलाइने एउटा खानेकुरो जस्तो लाग्छन् मलाई जसमा तपाईं र मलाई बाहेक सबथोक हाल्न सकिन्छ.

To be contd..

जर्ज गुर्जियफ

विचारको जागरण…

अनुवाद ~ अनुपम

Contd…

लेखकीय मन्तव्य वा यस्तै केही लेखेर सुरु गरौँ भनेँ, यसकारण, की केटा वा केटी भनेर छुट्याउन सक्ने उमेर भएयता मैले आजसम्म सबथोक यसरी गर्दै आएको छु जसरी अरु कसैले गरेको छैन. यो काममा म आफ्नो यो नियम किन तोौं ? अन्य लेखकहरुले जसरी आफ्नो लेखन सुरु नगर्न म मेरो यही नियमले बाँधीएको छु. यसर्थ, सामान्यतया जसरी लेखन भूमिकाका साथ सुरु हुन्छ म त्यसरी सुरु नगरी चेतावनीका साथ सुरु गर्न चाहन्छु. त्यसो गरे बल्ल मैले पाठकलाई न्याय गरेको ठहर्छ र यो कुरा मेरो आफ्नो नियम अनुकुलको, इमान्दार पनि हुन जान्छ. यसर्थ कि, म लगायत मेरा परिचितहरू जान्दछौ, मेरो लेखनले ढिलोचाँडो मान्छेलाई धनको लोभ, सुन्दर जीवनको कल्पना, भविष्यका सपना जस्ता कुराहरु प्रती उदासिन बनाइदिन सक्छ. पेशेवर लेखकहरु यस्ता भूमिकाहरूमा पाठकलाइ अनेक फुलबुट्टे विशेषणले सम्बोधन गर्छन्. यो मामिलामा मात्र म उनीहरूको अनुसरण गर्नेछु अब. पाठकको संवेदना नै चलाउने जत्तिका गुलिया शब्दको प्रयोग भने मबाट हुनेछैन.

सुरु गरौँ…

मेरा प्यारा, आदरणीय, संकल्पवान, धैर्यवान पाठकवृन्द, सगौरव म यहाँहरुलाई जानकारी गराउन चाहन्छु, जीवनको यो अन्तीम खण्डमा आइपरेको एउटा अकल्पनीय दुर्घटनाका बाबजुद म केही पुस्तकहरू लेख्न जाँदैछु. यद्यपि आजसम्म मैले पुस्तक त के सिलसिला र व्याकरण मिलाएर लेख्नु पर्ने गरी एउटा चिठ्ठीसम्म पनि लेखेको छैन. अबबाट भने म एउटा पेशेवर लेखक बन्न जाँदैछु. लेखनको सामान्य जानकारी समेत नभएको कारणले मेरो लेखन अन्य लेखकहारूको जस्तो भने पटक्कै हुनेछैन जसको लेखनीसँग तपाईं आफ्नो हातको बास्ना जत्तिकै परिचित हुनुहुन्छ. मेरो लेखन छिचोल्न तपाईंलाई हुने समस्याको कारण यस्तो छ, बाल्यकालबाट नै हामीमा एउटा यस्तो यान्त्रिक केन्द्रको विकास भयो जसले आफैं नयाँ प्राप्त प्रभावहरुलाई ग्रहण गर्छ र सम्बोधन गर्छ. जसका लागी हामी ‘आफैंले’ कुनै श्रम गर्नुपर्दैन. मेरो लेखन पढ्न त्यो यान्त्रिक केन्द्रले सक्ददैन. खुलस्त भन्दा, मेरो लेखनमा व्याकरणीय त्रुटी मात्र नभएर एउटा लेखकले प्रयोग गर्ने र एउटा आम पाठकले बुझ्ने जत्तिको भाषा पनी हुँद. यसलाई लिएर गाली खाइएला भनी म चिन्तित छैन. यसकारण, कि धर्तीमा आजभोली आधा आँखा बन्द गरेर सुत्नेहरु देखी लिएर घरभाडा तिर्नुपर्ने समस्या नभएका सम्म हर-कोहीलाई पुस्तक लेख्ने रोग लागेको छ. तपाईँहरूले थरीथरिको लेखनलाई राम्रै पचाईसक्नुभयो भन्नेमा म विश्वस्त छु. मेरो पाराको लेखनी देखेर तपाईं यसर्थ अचम्म मान्नुहुने छैन पक्कै. तथापि, मैले सुरुमै परिष्कृत भाषाको मेरो अज्ञानता चेतावनीका रुपमा प्रस्तुत गरेकै छु. आफ्नो बचावमा लाजले गाला राता पार्दै म केवल यती भन्न सक्छु, त्यस्तो भाषा बाल्यकालमा मैले सिकेको त थिएँ, व्याकरणका थुप्रै नियम मैले रटेको त थिएँ, तर दुर्भाग्य त्यसरी कण्ठ गरेको कुनै पनी कुरा मलाई अहिलेको अवस्थामा कण्ठ छैन.

To be contd…

जर्ज गुर्जीयफ