होस सम्हाल् नेपाली

कता जाँदै छ मेरो देश

बाँकी रहला कि,नरहला केही शेष।

खोई कसलाई पो,दिनु र आखिरमा दोष

बेला हो सम्हाल्नु पर्ने सबैले होश।

कोही भन्दछन् राजा आऊ

कोही भन्दछन् गणतन्त्र बचाऊ।

अहिले सबले जसको विरोध गर्छन्

चुनाव आए उसैलाई भोट दिन्छन्।

सबलाई चाहिने आखिरमा सत्ता हो

मात्र खाने तलब र भत्ता हो।

पार्टीका कार्यकर्ता मात्र जनता हुन् रे

अरू बाँकी सब किरा फट्याङ्ग्रा हुन् रे।

कसैलाई छैन देशको माया

गाभिन बेर नलाग्ला,दायाँ र बायाँ।

खोई कहिले जाग्ने हो हामी नेपाली

तराई, पहाड, हिमाली।

देश डुब्छ नत्र भने।

भ्रष्ट नेता लाई दण्डित गरेनौँ भने॥

भ्रष्ट नेता लाई दण्डित गरेनौँ भने॥

हामी  सबै  आप्रबासी

आप्रबासी  बने बा,पाहाड बाट  तराई  झरेर।

साईला  काका  आप्रबासी, गांउ बाट सहर पसेर॥

बास्तबमा मानब जाती,सबै नै आप्रबासी

कुन दुनिया बाट झरीकन, भयौं धर्तिबासी

सुख खोज्न मान्छेहरु ,नयां ठाउं जान्छन।

के चाहिं सुख पाइन्छ होला, भनिकन ठान्छन॥

मानिस नया ठाउं नया,सबै कुरा गार्हो।

पैसा कमाई खुसी किन्न,झनै पर्छ सार्हो॥

हामी भयौं आप्रबासी,देश छोडी बिदेशतिर आयौं।

घोत्लिएर सोच्छु कैले, आप्रबासी बनि आखिर के पो पायौं॥

आफ्ना कोही हुन्नन याहां,कस्को भर पर्नु॥

ज्यानको बाजी , लगाइकन सघंर्ष छ गर्नु।

ज्यानको बाजी , लगाइकन सघंर्ष छ गर्नु।