ईश्वर को भाषा

“म्याथम्याटिक्स इज दि ल्याङ्वेज अफ गड”ईस्वर को भाषा गणित हो त्यसैले उ आकार, अंक र सुत्र मा बोल्छ । भौतिक शास्त्रि हरु यहि भन्छन् । बारी को कान्ला मा उम्रिएको निगुरो देखि, एक गर्विणी को कोख मा हुर्किरहेको भ्रुण, हाम्रो डि. एन. ए मलेक्युल अनि आकाश का तारा देखि ग्यालेक्सी सम्म सबै एउटै गणितिय सुत्र … Continue reading “ईश्वर को भाषा”

घर्ती मा एउटा फूल टिप्दा त्यसको असर सुदुर को तारा सम्म पर्छ 

“म्याथम्याटिक्स इज दि ल्याङ्वेज अफ गड”
ईस्वर को भाषा गणित हो त्यसैले उ आकार, अंक र सुत्र मा बोल्छ । भौतिक शास्त्रि हरु यहि भन्छन् । बारी को कान्ला मा उम्रिएको निगुरो देखि, एक गर्विणी को कोख मा हुर्किरहेको भ्रुण, हाम्रो डि. एन. ए मलेक्युल अनि आकाश का तारा देखि ग्यालेक्सी सम्म सबै एउटै गणितिय सुत्र को जग मा बनेका छन् जसलाई गोल्डन रेसियो भनिएको छ ।

सम्पुर्ण ब्रह्माण्ड नियम हरु मानेर चलेको छ । तिनै नियम हरु बुझ्न गरिएको प्रयास र ति नियम हरु को गणितीय अभिव्यक्ति नै भौतिक बिज्ञान हो। मेरा निम्ति यस शास्त्र को सौन्दर्य र ओज यो कुरा मा निहित छ कि यसका गणितीय सुत्र हरु मलाई कविता जस्ता, मन्त्र जस्ता, छन्द का अंश जस्ता लाग्छन अनि भौतिक शास्त्रि हरु ऋषि, कवि वा सो सरह ।

जसरी कविहरु ले यस जगत को सौन्दर्य लाई शब्द, बिम्ब आदि मार्फत ब्यक्त गर्छन् त्यसैगरी भौतिक शास्त्रि हरुले गणित का माध्यम बाट ब्यक्त गर्छन् । क्वान्टम फिजिक्स का पाएनिएर मध्य का एक “पल ड्राक” को म्याजिकल इक्वेसन अफ एन्टिम्याटर पढेको दिन मलाई भोक, प्यास केही लागेन । अर्ग्याजम नै फिल भयो । ज्ञान ले दिएको चरम सुख ।  अनि मनले एउटै वाक्य दोहोर्याइरह्यो
” If I were a physicist I would be him”. आइन्स्टाइन को थेवरी अफ रिलेटिभिटि र हैजन्बर्ग को वेभ इक्वेसन मा आधारित रहेर उनले ड्राक इक्वेसन सन्सार लाई दिए । ” घर्ती मा एउटा फूल टिप्दा त्यसको असर सुदुर को तारा सम्म पर्छ ।” गुरुत्वआकर्षण को असर सम्झाउन उनी यसो भन्ने गर्थे ।

संगीत होस्,  कला होस या बिज्ञान, जुनै क्षेत्र को साधना गरेपनि त्यसको अतिरेक, त्यसको परम लाई नै ईस्वरको रुप मा पर्सिभ गर्ने रहेछ मान्छेले । यसका विभिन्न प्रमाण हरु छन् । जस्तै कि , पल ड्राक का लागि ईस्वर एक बिशिस्ट गणितीज्ञ हुन् भने सन्त कविर का लागी कपडा बुन्ने मान्छे । कुनै चित्रकार का लागी ईस्वर पनि चित्रकार नै हुन सक्छन् । भान्सा मा प्रेमालिन हुँदै मीस्ठान्न पाक्वान बनाउन लगनशील ग्रिहिणी का लागि ईस्वर एक सर्वोत्कृष्ट भान्से हुन सक्छन् । ईस्वर बुझ्नु छ भने पहिला कला बुझ्नुपर्छ रे । कला को बाटो हुँदै ईस्वर को घर को चौखट सम्म पुग्न सकिन्छ भन्ने कुरा मा शंका छैन । कतै सुनेको ” कवि ती प्राणी हुन जो ईस्वर सङ सम्बाद गर्छन् “

महाकवी देवकोटा ले भन्ने गर्नुहुन्थ्यो “म बास्ना लाई स्वाद लिन्छु र आकाश भन्दा पातला कुरा हरुलाई छुन्छु। जसको अस्तित्व लोक मान्दैन, जसको आकार सन्सार जान्दैन” 
हामीहरु ले देखेको, भोगेको जगत भन्दा पर गएर त्यहाँ को सम्भावना हरु को बारेमा कुरा गर्नुभएको छ उहाँले ।

ईश्वर लाई रिझाउननु छ भने पनि कला को साहरा लिनुपर्छ । कला त्यो सेतु हो जसले भक्त को हृदय लाई ईस्वर सङ जोड्छ । यो कुरा लाई प्रमाण का रुप मा पेस गर्न म एउटा कथा सुनाउछु ।

वेदज्ञाता, प्रचण्ड विद्वान, ज्योतिष, आचार्य, संगीतिज्ञ “रावण” ले अहंकार मा आएर एकपटक कैलाश पर्वत लाई नै उठाएर लंका लैजान खोज्छ । महादेव र पार्वती लाई जानू थिएन लंका । तसर्थ शिव ले आफ्नो चरण को बुढी औला ले कैलाश पर्वत लाई दबाउनुहुन्छ र रावण को हातको एउटा औँला पर्वत मुनि च्यापिन पुग्छ । फलस्वरूप रावण लाई यति प्रखर पीडा को अनुभुती हुन्छ कि उ बेदना मा चिच्याउन थाल्छ । लाख कोसिस का बाबजुद पनि उसले आफ्नो औला निकाल्न नसकेपछि महदेव लाई रिझाउन अन द स्पट एउटा कविता को रचना गर्छ । नगरोस पनि कसरी । रावण को बिद्वता अलौकिक थियो । उ ऋषि बिश्रवा को पुत्र अनि ब्रह्मदेव को पनाति थियो । ब्रह्मदेव को बंशज भएकाले बिद्वता उसको डि.एन.ए मै थियो । त्यस बखत रावण ले रचना गरेको कविता नै ” शिव तान्डव स्तोत्रं” हो ।
यो स्तोत्र मा यति सौन्दर्य र ओज रहेछ कि यसको श्रवण ले स्वयं देवादिदेव महादेव गदगद हुँदै रावण लाई पीडा मुक्त गर्दै सात वटा आशिर्वाद समेत दिएका थिए ।

यो स्तोत्रं को अर्थ जुन दिन बुझे त्यही दिन शिव को उद्वारता, पराक्रम र माधुर्यता ले नतमस्तक बन्न पुगे । त्यहि स्तोत्रं को एउटा स्लोक यसप्रकार छ ।
“कराल भालपट्टिका धगद्धगद्धगज्ज्वल
द्धनंजया धरिकृतप्रचण्ड पंचसायके।
धराधरेंद्रनंदिनी कुचाग्रचित्रपत्तक,
प्रकल्पनैकशिल्पिनी त्रिलोचने रतिर्मम ।। “

अर्थात – मेरो प्रेम यस्तो भगवान शिव मा हो जसको तीन वटा नेत्र छन् । जसले शक्तिशाली कामदेव लाई अग्निमा अर्पित गरिदिए र जसको निधारको सतह धगद- धगद को ध्वनीले जलिरहेको छ । उनी एक मात्र यस्तो कला को स्वामी हुन् जो आफ्नो नृत्यले यस धर्तीको बक्षस्थलमा सजावटी रेखा कोरिदिए । भक्ति को सौन्दर्य को बोध भयो शिव तान्डव पढेर । रावण लाई विशेष धन्यवाद ।

संगीत मा खोज्छु
कविता मा खोज्छु
तिम्रो अस्तित्व म 
सबथोक मा खोज्छु ।
भक्ती मा खोज्छु
ज्ञान मा खोज्छु
तिम्रो उपस्थिति म
मेरो जीवन मा खोज्छु ।।

तोतेबोली मै ईस्वर सङ संवाद गर्न का खातिर उसको भाषा बुझ्ने कोसिस गर्दैछु त्यसैले जीवन, कला को महिमा ले आभिष्ट भएको छ भन्ने सम्म को कथा यस आर्टिकल बाट ।

Leave a comment